धनगढी : कञ्चनपुरमा छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे छाडा गाईसंग ठोक्किदा दुर्घटना भएको थियो।
मोटरसाईकल गाईसंग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसी गम्भिर घाईते भएका थिए। गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीण तर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३ बजे आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किदा दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा नामथर नखुलेको अन्दाजी ३०/३५ वर्षीय २ जना पुरुष गम्भिर घाइते भएको प्रहरीले जनाएको हो। घाइते भएका दुइजनालाई उपचारको लागि दोधारा चाँदनी अस्पताल ल्याईएकोमा १ जनालाई ३ः४५ बजे चिकित्सजले चेकजाँच गर्दा मृत घोषणा गरेको र १ जनाको अवस्था गम्भिर भई महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको प्रहरीले बताएको छ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।