Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने  बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह चार बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्। आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ। हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएका छन्। बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो। गत जेठ २४ मा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी…

Read More

मुकेश स्याडा : विशेष उद्देश्य प्राप्तिको लागि गरिने दिगो परिवर्तनलाई अग्रगामी परिवर्तन भनिन्छ। राजनीति भनेको कुनै पनि देशमा चलेको शासन व्यवस्थालाई देश र जनताको पक्षमा हित हुने गरी राज्य सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रक्रिया हो। तर, आजकल राजनीतिलाई व्यवसायीकरण गरिएको पाइन्छ। जनताको विकासभन्दा पनि व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ। विकास भनेको केवल सडकमा टिप्पर र डोजरको प्रदर्शन, पुल बनाउनु, नाला बनाउनु, बाटो बनाउनु, र खानेपानी तथा बिजुली पुर्‍याउनु मात्र होइन। केही ठाउँमा त यिनै आधारभूत सुविधाका लागि पनि वर्षौ गुहार्नु पर्छ। सामाजिक रुपान्तरण र सामाजिक न्याय बिना भौतिक विकास अधुरो हुन्छ। यसले प्रगतिशील समाज निर्माण नगरी…

Read More

काठमाडौं : राजदूतको भागबण्डाबारे सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको छ । बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे सहमति जुटेको हो । स्रोतका अनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ । यसअघि फिर्ता बोलाउँदा माओवादी निकटका राजदूतलाई छाडिएकाले अहिले एमालेले बढी भाग पाउने गरी सहमति गरिएको बताइएको छ । जेठ २४ मा…

Read More

महेन्द्रनगर : महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको सुपप्र ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, दुर्घटना आज बिहानतिर भएको हो। विङ्गरले अनियन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेका छन् र थप अनुसन्धान गरिरहेका छन्।

Read More

काठमाडौं : दार्चुलामा भूकम्प गएको छ । आज जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ५: ५० मा गएको भुकम्प ३.४ म्याग्निच्युड मापन गरिएको छ ।

Read More

काठमाडौं  : आज अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष झै जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन…

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग सहित रिट निवेदन सर्वोच्च पुगेका  थिए । सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।  रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

Read More

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो ।  त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

Read More

धनगढी: धनगढीको एक होलसेल पसलमा आगलागी भएको छ। भर्खरै धनगढी उपमहानगरपालिका बसपार्क रोडको नवजीवन अस्पताल नजिकैको एक पसलमा आगलागी भएको हो। प्रहरीका अनुसार डिबी बुक्स हाउसमा आगलागी भएको हो। आगलागीबाट पसल जलेर नष्ट भएको बताइएको छ। अहिले प्रहरी परिचालन गरेर आगो नियन्त्रणमा लिने कार्य भैरहेको जनाइएको छ। Download

Read More

धनगढी : कैलालीमा एकजना युवक मृत भेटिएका छन् । अछामको चौरपाटी गाउँपालिकाको-२ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी धनगढी उपहानगरपालिकाको जाली सामुदायक वनमा बिहीबार बिहान ९ः४५ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी बुधबार साँझ साथिको घरमा जान्छु भनेर गएको तर बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले बताए । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका छ । उनी धनगढीको हसनपुमा डेरा गरी बस्दै आएका थिए ।

Read More