Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका एआईजीद्वय अवकाशप्राप्त बनेका छन्। एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्। गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्। उनीहरू अवकाशमा गएसँगै उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको छ। अब उनीहरू मन्त्रीपरिषद निर्णयबाट नियुक्त हुनेछन् र पदस्थापन हुने छ।

Read More

बैतडीः बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको आज (सोमवार) दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउने क्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन्। बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए। यस्तै बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगो लाग्दा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० वर्षीय सुरेन्द्र धामी गम्भीर घाइते भएका हुन्। आइतवार बिहान स्थानीय शिक्षक समेत…

Read More

धनगढी :  सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रदर्शनमा आउन लागेको बताए। ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन्। अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ। अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि…

Read More

धनगढी: कैलालीमा जुवा र काैडा खेलेकाे आराेपमा २८ जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ गाैरीचाेकबाट जुवातास खेलिरहेकाे अवस्थामा ८ जनालाई पक्राउ गरिएकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले स्थानीय सुरेश चाैधरीकाे घरमा जुवातास खेलिरहेकाे अवस्थामा साेमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूकाे साथबाट  ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बाेहाेराले बताए। यस्तै, काैडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ। गाैरीगंगा नगरपालिका-१ काे गाेप्कामा भैरव चन्दले सञ्चालन गरेकाे राेयल फेमली रेष्टुरेन्ट एण्ड बारमा काैडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बाेहाेराले बताए। उनीहरूकाे साथबाट ६ थान काैडा, ७९…

Read More

डोटी : डोटीको बडिकेदार गाउँपालिका– २ मा एक महिला मृत अवस्थामा फेला परेकी छन। सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन्। बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए। उनी शनिवार (भाइटीकाको दिन) आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ। उनी लामो समयदेखि उच्च रक्तचापले पीडित थिइन्। शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए। यस्तै कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुदूरपश्चिम प्रदेश ०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा…

Read More

बझाङ: अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ। थलारा गाउँपालिका -२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र उनकी दिदी  ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए। उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन्। उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ। शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए।

Read More

काठमाडौं: विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरिएको छ। पवित्र पर्व भैयादुजको अवसरमा आइतबार बिहान ८:३० बजे जाडोका लागि ढोका बन्द गरिएको छ। भारतीय सेनाको ब्यान्ड धुन र वैदिक मन्त्रका साथ धार्मिक परम्परा अनुसार मन्दिरको ढोका बन्द गरिएको थियो। यो अवसरमा १५ हजारभन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो। अब ६ महिनापछि मात्रै केदारनाथका ढोका खुल्नेछन्। बिकेटीसीका अध्यक्ष अजेन्द्र अजयको उपस्थितिमा आइतबार बिहान ५ बजेबाट ढोका बन्द गर्ने प्रक्रिया सुरु भएको थियो। बिकेटीसीका आचार्य, वेदपाठी र पुजारीले भगवान केदारनाथको स्वयम्भू शिवलिङ्गको समाधि पूजा गरेका थिए। स्वयम्भू शिवलिङ्गलाई खरानी, ​​स्थानीय फूल, बेलका पात आदिले समाधिको रूप दिइएको थियो। त्यसपछि बिहान ८ः३० बजे…

Read More

काठमाडौं: इन्टरपोलको महासभामा भाग लिन  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन्। कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत  प्रस्थान गरेका छन्। इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद…

Read More

धनगढी: कैलालीमा रड प्रहारबाट एक जना घाइते भएका छन्। गएराति ११ बजेर २५ मिनेट लम्कीचुहा नगरपालिका-२ गणेशपुरका ३० वर्षीय याेगेश ढकाल रड प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाराले बताए। रड प्रहारबाट घाइते भएका ढकालकाे लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

Read More

सुरेश जोशी, बनबासा: भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमानाकामा सहजताका लागि उत्तराखण्ड सरकार प्रतिबद्ध रहेको बताएका छन्। हिजो बनबासस्थित एक कार्यक्रममा सहभागी मुख्यमन्त्री धामीले महेन्द्रनगरपोष्टका सम्पादक टेकसिंह धामीसँग कुरा गर्दै सो कुरा बताएका हुन्। पछिल्लो समय नेपालको सुदूरपश्चिम जोडिएको भारतका सीमानाका र विशेषगरी बनबासामा भारतीय सुरक्षाकर्मी एवं एसएसबीले सास्ती दिने गरेको विषयमा महेन्द्रनगरपोष्टले धामीसँग जिज्ञासा राखेको थियो। सो सन्दर्भमा धामीले दुई देशका सीमा नाकामा सहजता प्रदान गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको पनि बताए। यस्तै उनले तत्काल नै बनबासाका एसएसबी प्रमुखलाई पनि नेपालको सशस्त्र प्रहरीसँग समन्वय गरेर सीमा नाकाको आवागमनमा सहजता प्रदान गर्न निर्देशन दिए। त्यस्तै धामीले अर्को प्रसङ्गमा…

Read More