काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्। पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन्। आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ। विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ। रोयल्टी र नवीकरणबापतको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडाैँ- चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी ८ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।
काठमाडौं – आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाली टिमःगोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्कीरक्षकः रोहित चन्द, अनन्त…
बझाङ- आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङबाट एक युवकलाई पक्राउ गरेको छ। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। प्रहरीले पीडित र आरोपी दुबैको नाम ठेगाना गोप्य राखेको छ। किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती किशोरले पाँच सय रूपैयाँको प्रलोभन देखाएर मोवाइलमा अस्लिल फिल्म देखाउँदै बहिनीलाई बलात्कार गरेका हुन्। बालिकाले घटनाको विषयमा आमालाई जानकारी गराएपछि आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले किशोरलाई पक्राउ गरेको हो। बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास…
काठमाडौँ – सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौँमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए । पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयरबाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा…
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झन्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बर्द्भन गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “पर्वतहरु भनेका संसारको झन्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।” प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठुला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप…
कैलाली- आजदेखि धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। महोत्सवको एक समारोहकाबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ आयोजक कैलाली उद्योग वणिज्य संघमा हुन लागेको सुदूरपश्चिम महोत्सवमा झण्डै तीन सय स्टलहरु रहेका छन्। यसबर्ष भने उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राख्ने बताएको छ। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा…
कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव स्थलमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। खोपका लागि एउटा स्थल नै तयार गरेर कोभिड विरुद्धको खोप लगाईने भएको हो। महोत्सव स्थलमै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकहरुको लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने–‘पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोही दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन् उनिहरुको लागि खोप केन्द्र स्थापना गरिएको हो। धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो।’ मेयर वडले खोप केन्द्र स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद…
कैलाली-सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष निर्मल शाह (नरबहादुर शाह)ले आज देखि कार्यभार समालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले रिक्त रहेका सुदूरपश्चिमका अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो।
बझाङ-बझाङमा जवरजस्ती करणी र लुटपाट गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बझाङ केदारस्यू गाउँपालिका वडा नम्बर ५ बगडी स्थित आखेथर खेतमा २०७८ चैत ४ गते बेलुकी ६ बजेर २५ मिनेटको समयमा नाम परिवर्तन (कमला) लाई चैनपुरमा जवरजस्ती तथा लुटपाट गर्न खोज्ने भारत पश्चिम बंगाल प्रान्त माल्दा जिल्ला घर भई हाल जिल्ला बझाङ बुंगल नगरपालिका अन्तर्गत रहेको कालङ्गा हाईड्रोपावरमा विजुलीको लाईन विस्तार गर्दै आएका बर्ष २९ को बिजय राजवंशी र सोही ठाउँका वर्ष २२ को सन्तान मुर्मु भन्ने सनातन मुर्मु समेत जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार दुवै जनाले जवरजस्ती करणी गरी सुनका गर गहनाहरु (नाकको नथीया , कानका…