कैलाली- आजदेखि धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। महोत्सवको एक समारोहकाबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ आयोजक कैलाली उद्योग वणिज्य संघमा हुन लागेको सुदूरपश्चिम महोत्सवमा झण्डै तीन सय स्टलहरु रहेका छन्।
यसबर्ष भने उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राख्ने बताएको छ। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ।
चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ।
महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ। महोत्सको पुर्व सन्ध्यामा आज विहान ७ बजे प्रभात फेरि गरिने छ।