बझाङ-बझाङमा जवरजस्ती करणी र लुटपाट गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बझाङ केदारस्यू गाउँपालिका वडा नम्बर ५ बगडी स्थित आखेथर खेतमा २०७८ चैत ४ गते बेलुकी ६ बजेर २५ मिनेटको समयमा नाम परिवर्तन (कमला) लाई चैनपुरमा जवरजस्ती तथा लुटपाट गर्न खोज्ने भारत पश्चिम बंगाल प्रान्त माल्दा जिल्ला घर भई हाल जिल्ला बझाङ बुंगल नगरपालिका अन्तर्गत रहेको कालङ्गा हाईड्रोपावरमा विजुलीको लाईन विस्तार गर्दै आएका बर्ष २९ को बिजय राजवंशी र सोही ठाउँका वर्ष २२ को सन्तान मुर्मु भन्ने सनातन मुर्मु समेत जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवै जनाले जवरजस्ती करणी गरी सुनका गर गहनाहरु (नाकको नथीया , कानका रीङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कुल ३ तोला ४ आना) लुटपाट गरि उनीहरु घटनास्थलबाट भागी फरार रहेका भन्ने जाहेरीका आधारमा प्रहरीले चैत ८ गते पक्राउ गरेको डिएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिए। केदारस्यू गापा वडा नं ०५ बगडी एरियामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो। बझाङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमती लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डिएसपी बिष्टले जनाएको छ।