काठमाडौं: पछिल्लो समय नेपाल प्रहरीमा सरुवा–बढुवा प्रक्रियामा सरकारले बढ्दो हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ। सोही आरोपलाई थप बल पुगाउनेगरी पूर्वप्रहरी अधिकारीहरूले विरोध पनि गरिरहन्छ्न्। केही त बहालवाला प्रहरी अधिकारी नै सरुवा बढुवामा असन्तुष्ट बन्ने गरेका हुन्छन्। तर उनीहरू खुलेर बोल्दैनन्। त्यसैक्रममा नेपाल प्रहरीको पछिल्लो समय एआइजी र डिआइजी तहमा देखिएको विवादले प्रहरी संगठनभित्र असन्तुष्टि बढाएको छ। नयाँ एआइजी नियुक्तिका लागि गृहमन्त्री निकट डिआइजी जनक भट्टराईलाई बढुवा गराउन वर्तमान एआइजी रविन्द्र केसीलाई राजीनामा दिन बाध्य बनाइएको विषयले असन्तुष्टि बढाएको हो। मन्त्रीका मान्छेले लगातार दबाब दिएपछि केसीले आइतबार राजीनामा दिएका छन्। २६ पुसमा एआइजीमा बढुवा भएका उनलाई अवकाश हुन अब ३९…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। सु.प.प्र ०१०१२प९२४९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर विद्युत पोलसंग ठोक्किदा भीमदत्त नगरपालिका १३ का २१ वर्षीय कैलाशसिंह साँउद र २२ वर्षीय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच डिआईजीस्तरीय समन्वयात्मक बैठक पिथौरागढमा बसेको छ। भारतको उत्तरखण्ड प्रदेशको पिथौरागढ जिल्ला एचोलीस्थित एसएसबीको ५५ औँ बिएन पिथोग्राहमा संयुक्त बैठक बसेको हो। सीमा सुरक्षामा खटिने दुबैतर्फका सुदूरपश्चिम प्रदेश तथा उत्तराखण्डका प्रदेश हाकिमस्तरीय फौजबीच यस्ता बैठकहरु नियमितरुपमा बस्ने गरेको छ। यसअघि माघ ५ गते पाल्पामा बसेको थियो। बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाउने, सीमा अपराध नियन्त्रणलगायतका विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं: बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना मुद्दामा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले आज उनलाई मुद्दा पुर्पक्षका लागि कारागारमा राख्न आदेश गरेको हो। यो मुद्दामा रवि लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए। जिबी राई अध्यक्ष र रवि प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष जोशी काठमाडौँ र कास्कीमा भने धरौटीमा छुटेका थिए। पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा क्रमश: ८८ र ५० लाख धरौटीमा रिहा भएका उनी रुपन्देहीमा पनि अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका थिए। प्रवन्ध…
धनगढी: जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ। भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमबार बिहान साढे ३ बजेतिर निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए। उनका अनुसार जोशी यही माघ २४ गते बिहीबार कार्यालयकै कामको सिलसिलामा काठमाडौँ गएका थिए। उनलाई शुक्रबार बिहानै ४ बजेतिर कोठामा बेहोस अवस्थामा फेला पारिएको थियो। उपचारका लागि कृष्ट हस्पिटल लगिएका उनको मस्तिष्कघातका कारण निधन भएको सूचना अधिकारी महराले बताए।
बझाङ: बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ। सोमबार नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको साइपालमै पुगेर एभरेष्ट बैंकको शाखा उद्घाटन गरेका हुन्। शाखा उद्घाटनका लागि गभर्नरसहित एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल वैद्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि साइपाल पुगेका थिए। योसँगै अब देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। यसअघि ७५२ वटा पालिकामा मात्रै बैंकिङ पहुँच पुगेको थियो भने भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा कुनै पनि बैंकका शाखा पुग्नसकेका थिएनन्।
धनगढी: कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ। धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो। उपाधिसंगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ। डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ। सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो। फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो। डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए। डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन…
धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा शान्दार भान्छाघर खुलेको छ। धनगढीकाे ट्राफिक चाैराह नजिकै शानदार मःम काे माथिल्लो तलामा शान्दार भान्छाघर सञ्चालनमा ल्याइएको हाे। भान्छाघरले थकाली खानासँगै, विभिन्न खाजाका ब्राण्ड पाइने सञ्चालक राजन भट्टले जानकारी दिए।उनकाअनुसार सुपथ मूल्यमा ताजा चिकेन खाना, मटन खाना र भेज खाना पाइनेछ। विगत लामाे समयदेखि शानदार म:म मार्फत सेवा दिइरहेकाे शान्दार म:म सेन्टरले नै अबदेखि खानाकाे व्यवस्था समेत गरेकाे सञ्चालक भट्टले बताए। युवा व्यवसायीले आर्थाेपार्जन गर्ने उदेश्य नभएर सर्वसुलभ मूल्य सबै खाले ग्राहाककाे सेवा गर्ने उदेश्यले म:म सँगै खानाका परिकारका स्वाद पनि दिन खाेजेकाे बताए। शान्दार भान्छाघरले मदिरा भने बजार मूल्यमै बिक्री गर्ने जनाएको छ।
धनगढी: भारतको उत्तर प्रदेशस्थित महाकुम्भ पुगेका एक जना कर्मचारीको गाडीको ठक्करबाट निधन भएको छ। दार्चुलाको मालिकार्जुन गाँउपालिकाका कर्मचारी जगदीश अवस्थीको निधनपछि आज पालिकाभर बिदा दिइएको छ। मालिकार्जुन गाउँपालिका–५, डाडाकोट निवासी जोशी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख थिए। भारतको प्रयागराजमा जारी कुम्भमेलामा सहभागी हुन जाने क्रममा उनलाई लखनऊमा गाडीले ठक्कर दिएको बताइन्छ। गम्भीर घाइते अवस्थीलाई अस्पतालमा डाक्टरले मृत घोषणा गरिदिएका हुन्। गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएको जनाउँदै आज पालिकामा शोक बिदा दिइएको हो।
धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय किशोर रहेका छन्। प्रहरीका अनुसार पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन्। गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन्। सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ…