काठमाडौं: काठमाडौँको गौशालास्थित होटलमा हिजो मृत भेटिएकी युवतीको हत्या भएको खुलेको छ। कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का हिजो बागमती होटलको कोठा नं ३०८ मा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या प्रेमी देवबहादुर थापाले गरेको निश्कर्षमा प्रहरी पुगेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाउन उनीहरु मंगलबार बिहान होटलमा गएका थिए। होटल पुगेको केहीबेरमा थापा कोठामा ताला लगाएर एक्लै निस्किएका थिए। लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे। साँझ ढोका खोलेर हेर्दा बेडमा सुस्मिताको शव भेटिएको थियो। शवको छेवैमा रेडबुलको बट्टा पनि भेटिएकाले नशालु…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी रानालाई प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। मन्त्रिपरिषद्ले सदस्यमा समेत नियुक्ति गरिसकेको जनाएको छ। सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन्। आजै उनीहरूको पद ग्रहणको कार्यक्रम राखिएको छ। एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो। यो नियुक्तिसँगै प्रदेश नीति तथा योजना आयोगले आगामी दिनमा नीति तथा योजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।
धनगढी: कैलालीमा साढु दाईकाे घरकाे बरन्डामा सुतेका एक जना मृत भेटिएका छन्। जिल्लाकाे घाेडघाेडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय साेमन चाैधरी बिहीबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले परैचामा साढु दाइ नाता पर्ने बुधराम चाैधरीकाे घरकाे बरन्डामा उनी मृत भेटिएको बताए। चाैधरी बुधबार राति बुधरामकाे घर गएका थिए।तर बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै धनगढीमा डिप्रेसनमा परेकी एक किशोरी औषधीकाे ओभर डाेज सेवनपछि अस्पताल भर्ना भएकी छन्। धनगढी उपमहानगरपालिका -५ हसनपुर बस्ने गजेन्द्र चन्दकाे १६ वर्षीया छाेरी संकृतिले डिप्रेसनकाे ओभर डाेज औषध सेवन गरेकाे…
काठमाडौं: कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीविरुद्ध परेको मुद्दामाथि निर्णय सुनाउने मिति सरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर भएको रिटमाथि निर्णय सुनाउने मिति सारेको हो। अधिवक्ता वसन्त जोशीले चौधरीसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई २०७९ चैत १७ गते मुद्दा दायर गरेका थिए। गत मंसिर १९ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको थियो। तर निर्णय सुनाउने मिति सरेको जनाएको…
काठमाडौं: समयमै काम सम्पन्न नगर्ने एक दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एसएएस कन्स्ट्रक्सन प्रालि, एमएस इस्पुर सफ्टवेयर ग्रुप, मृत सन्जवनी–ग्याल्वा जेभी, लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन प्रालि, रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायर्स–मोनेकोर कन्स्ट्रक्सन, एमएस एमडी अप्टिकल सोलुशन प्रालि, शिलादेवी एसबिडि निर्माण सेवा प्रालि, खिम निर्माण सेवा र मेनका निर्माण सेवा छन्। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा परेका यी निर्माण कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग…
धनगढी: डडेल्धुराको आलिताल गाउँपालिका–२ की २२ वर्षीया आशा मल्लको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ। आशा गत शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार घटनामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले हालसम्मको अनुसन्धानका क्रममा मृतकको प्रेमीसमेत रहेका आलिताल गाउँपालिका–१ का ३५ वर्षीय हेमप्रकाश बोगटीलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार मृतक मल्ल र बोगटी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। बोगटी विवाहित पुरुष भएको र मल्लले मृत्यु गर्नुअघि फेसबुकको स्टोरीमा “बुढाबुढी” लेख्दै तस्बिर सार्वजनिक गरेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा मल्लले प्रेममा…
काठमाडौं: बाल कलाकार सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत उनको आज बिहान सवा १० बजे मृत्यु भएको हो। युट्युव र टिकटकबाट चर्चामा आएका सचिनले थुप्रै गीत तथा म्युजिक भिडियोमा काम गरेका छन्। उनले महानायक राजेश हमालसँग पनि अभिनय गरेका थिए। १३ वर्षीय सचिनको स्वास्थ्यमा समस्या आएपछि लामो समयदेखि उपचारमा थिए। दाताहरुको सहयोगमा उपचार चल्दै आएको थियो। ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ। उता उनका बाबु तेजेन्द्र परियारमाथि भने उपचारका लागि उठेको सहयोग रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।
धनगढी: बैतडी जिल्लामा एक महिलामाथि भएको बलात्कारको घटना छ महिनापछि सार्वजनिक भएको छ। सिगास गाउँपालिकाकी २४ वर्षीया महिलामाथि आफ्नै देवरले बलात्कार गरेको तथ्य बाहिर आएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घटना गत असार १७ गतेको राति भएको थियो। घटना सार्वजनिक हुन छ महिना लाग्नुको कारण भने पीडित महिलाले तत्काल उजुरी दिन नसक्नु हो। ती महिला हाल छ महिनाकी गर्भवती रहेको पुष्टि भएपछि मात्र घटना बाहिर आएको हो। पीडित महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको समयमा यो घटना भएको हो। केही दिनअघि मात्र पीडित महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गरेकी थिइन्। अहिले पीडित…
धनगढी: धनगढीकाे सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाकाे मृत्युु भएकाेे छ। लम्कीचुहा नगरपालिका- ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीकाे बुधबार मृत्युु भएकाे प्रहरीले जनाएकाे छ। टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छाेरा) लाई जन्म दिएकी थिइन्। शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले बताए। उनकाअनुसार शिशु भने सकुशल छन्। मृतककाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ।
काठमाडौं: नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले नेपाल प्रहरीका डीआईजीद्वय कुबेर कडायत र रविन्द्र केसीलाई बढुवा सिफारिस गरेको हो। आज बसेको बढुवा समितिको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाइएको छ। सुदूरपश्चिमको अछाम घर भएका कडायत हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल, काठमाडौंमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाडौंमा कार्यरत छन्। एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कुवेर कडायत कुवेर कडायत प्रहरी सेवामा लामो…