काठमाडौं: बाल कलाकार सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत उनको आज बिहान सवा १० बजे मृत्यु भएको हो।
युट्युव र टिकटकबाट चर्चामा आएका सचिनले थुप्रै गीत तथा म्युजिक भिडियोमा काम गरेका छन्। उनले महानायक राजेश हमालसँग पनि अभिनय गरेका थिए।
१३ वर्षीय सचिनको स्वास्थ्यमा समस्या आएपछि लामो समयदेखि उपचारमा थिए। दाताहरुको सहयोगमा उपचार चल्दै आएको थियो।
‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ।
उता उनका बाबु तेजेन्द्र परियारमाथि भने उपचारका लागि उठेको सहयोग रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।
Facebook Comments Box