काठमाडौं – सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फका इन्स्पेक्टर राज कुमार ढकाललाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो त्यसै गरि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूह, लेखा उपसमूहतर्फ रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलमा साधारण समूह, लेखा उपसमूहको रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि मंगलबार साँझ सूचना प्रकाशित गरेका छन् । डीआईजी पौडेलले जारी गरेको सूचनामा साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आफूले प्राप्त गरेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं- अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ६४ मिटर टाढा दुर्घटनाग्रस्त भएको टेक्सास राज्यको ह्युस्टन शहरबाट प्रकाशित हुने ह्युस्टन क्रोनिकल अखबारले जनाएको छ । मर्लिन शहरका कार्यकारी सेड्रिक डेभिसलाई उद्धृत गर्दै क्रोनिकलले जनाएअनुसार मारिनेमा एक पुरुष र एक महिला छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं – नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै सरकारको आर्थिक सल्लाहकार समेत रहेको केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ । नेपाल आयल निगमका अनुसार पछिल्लो महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।
काठमाडौं – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको २५२ उडान नम्बरको एटीआर ७२ नामक जहाज नेपालगन्जमा अकस्मिक अवतरणपछि काठमाडौं आइसकेको छ ।
काठमाडौं – विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा परेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ। सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा पनि उनको लगानी छ । सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा…
काठमाडौं – कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ । हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरेका छन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै गरेका छन । उनले घटनाको छानबिन गरी…
काठमाडौं – पर्साको जिरा भवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंजस्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर – प्रहरीले चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान पक्राउ गरेको छ । उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्रैबाट प्रत्यक्ष प्रशारण गरेको घटनामा पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ । कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गर्दै गरेका भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
काठमाडौं – एमालेमा प्रवेश गरेकै भोलिपल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे । खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् । एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् । अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका…