धनगढी: कैलालीको मोहन्याल गाउँपालिकाले आफ्ना एक कर्मचारीलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण सेवाबाट हटाएको छ। कार्यालय सहयोगी अशोक थापामाथि गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालका अनुसार थापाले वैशाख २४ गते फेसबुकमा अध्यक्ष उपाध्यायबारे आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै जेठ ४ गतेको निर्णयअनुसार उनलाई सेवाबाट अवकाश दिइएको हो। बरालका अनुसार सो प्रकरणबारे थापासँग लिखित स्पष्टीकरण मागिएको थियो तर उनले कुनै जवाफ नदिएकोले सेवा समाप्तिको निर्णय गरिएको हो। तर, उनले के लेखेका थिए भन्ने विषयमा गाउँपालिकाले सार्वजनिक रूपमा जानकारी दिएको छैन।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वर्षको अवधिमा ४.१४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। पालिकाका मेयर रणबहादुर महरासहित २०७९ मा स्थानीय तहको निर्वाचतबाट निर्वाचित जनप्रतिनिधहरुले सोमबार पत्रकार सम्मेलन गर्दे तीन वर्षमा उपलब्धिमुलक काम भएको जनाएका हुन्। सो नगरपालिकाले सडक पूर्वाधारतर्फ तीन वर्षको अवधिमा १९ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य, ४० किलोमिटर सडक ग्राभेल, ३३.८० किलोमिटर सडक स्तरोन्नति र करिव ५ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको छ। नगर चक्रपथ निर्माणतर्फ भने नगरपालिकाले उपलब्धिमुलक काम गरेको दावी गरेको छ। पालिकाले वडा १२ कालागौडीदेखि जोनापुरसम्म ५.९ किलोमिटर र वडा नम्बर ७ समूह चौराहदेखि नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गरिएको जनाएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रहरी संगठनभित्र व्यवसायिकता र नैतिक आचरणको अभाव देखिएको छ। प्रहरीका निम्न दर्जादेखि केही उच्च पदस्थ कर्मचारीसम्मै गैरव्यवसायिक आचरण व्याप्त रहेको देखिन्छ। पछिल्लो समय सादा पोसाकका नाममा बेग्रल्ती खटिने घुमुवा प्रहरी, उनीहरूको गैर व्यवसायिक आर्थिक चलखेल र लाभ एवं भित्रको अन्तरद्वन्दले प्रहरी बदनाम नै देखिन्छ। यसैक्रममा हालै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेका डीआईजी डम्बरबहादुर विश्वकर्माले पनि सुदूरपश्चिममा प्रहरीभित्र व्यवसायिकताको खडेरी महसुस गरेका छन्। त्यसैकारण उनले प्रदेशका जिल्लाहरुमा निरीक्षण तथा अनुगमन गर्दै प्रहरीहरुलाई गैरव्यवसायिक आचरण त्याग्न कडा निर्देशन दिएका छन्। हालै मात्र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी विश्वकर्माले विभिन्न जिल्लागत निरीक्षणका क्रममा प्रहरी अधिकारी तथा जवानहरूलाई…
धनगढी: डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन्। पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो। गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए। त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। विष्टको पुर्ख्यौली घर दार्चुला हुती हो। उच्च शिक्षा अध्ययनपछि उनी महेन्द्रनगर झरेका थिए। र, कानुनी क्षेत्रमा हात हालेका थिए। विष्ट कञ्चनपुर जिल्ला अदालतमा काम गर्थे। त्यतिबेला पनि वकिलसँग…
धनगढी: सुदूरपश्चिमका विभिन्न जिल्ला प्रहरी कार्यालय एवं युनिटबाट सादा पोसाकमा खटिने ‘घुमुवा प्रहरी’ विरुद्ध धमाधम उजुरी परेका छन्। विशेषगरी जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय लगायत मातहत युनिटमा खटिने घुमुवाले आचरणविपरीत कार्य गरेको लगायत आर्थिक पाटोको विषयवस्तु समेटेर घुमुवा इन्चार्जसहितका कर्मचारीविरुद्ध उजुरी परेका हुन्। विभिन्न अडियो, भिडिओ लगायतका सामग्री समावेश गरेर घुमुवा प्रहरीविरुद्ध उजुरीहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालय नक्सालसम्मै उजुरीहरु परेको स्रोतले जानकारी दिएको छ। स्रोतले दिएको जानकारी अनुसार त्यसको छानबिन पनि थालिएको छ। यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बर बिश्वकर्माले पनि सो किसिमका कार्य गैरकानुनी भएको भन्दै छानबिन गर्दै कारबाही गरिने बताए।…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पद रिक्त छ। रिक्त भएको समय निकै पुग्दा पनि बढुवा प्रक्रिया अझै अगाडि बढेको छैन। एआइजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि पद रिक्त भएको हो। उनलाई सीमा विभाग हेर्ने जिम्मेवारी दिइएको थियो। त्यसपछि डिआइजी कमल गिरीलाई निमित्तको जिम्मेवारी दिइएको थियो। उनी पनि लामो समय बिदा बसिदिए र त्यो विभाग अहिले एआईजी नारायणदत्त पौडेलले हेरिरहेका छन्। यसैक्रममा सशस्त्र प्रहरी स्रोतका अनुसार एआईजी बढुवामा निकै राजनैतिक दौडधुप चलिरहेको छ। त्यसका बाबजुद संगठन प्रमुखले भने नियमित प्रक्रिया अनुसार बढुवा हुने अडान लिएको बताइन्छ। एआईजी बढुवामा फर्म भर्ने नौ जना डिआइजीमध्ये वरिष्ठताका आधारमा बढुवाको प्रतिस्पर्धामा…
धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्। रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो। अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन्। तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन,…
अछाम: अछाम जिल्लाको चौरपाटी गाउँपालिका–१ का एक पुरुषलाई जबरजस्ती करणी (ज.ज.क.) को आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार परिवर्तित नाम ६९ मंगलसैन ११७ ले मंगलसैनमा बसोबास गर्ने एक महिलामाथि विगत एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले मिति २०८२ साल वैशाख २८ गते बिहान करिब ११:३० बजे ती महिलालाई कुटपिट गरी डरधम्की देखाउँदै घरभित्र पसेर समेत जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित महिलाले वैशाख अन्तिममा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीको टोलीले जेठ ३ गते अभियुक्तलाई पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। हाल…
धनगढी: कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलमा जुवातास भइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशव राज जोशीसहित ८ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ। उक्त छापा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले गरेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।