धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वर्षको अवधिमा ४.१४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। पालिकाका मेयर रणबहादुर महरासहित २०७९ मा स्थानीय तहको निर्वाचतबाट निर्वाचित जनप्रतिनिधहरुले सोमबार पत्रकार सम्मेलन गर्दे तीन वर्षमा उपलब्धिमुलक काम भएको जनाएका हुन्।
सो नगरपालिकाले सडक पूर्वाधारतर्फ तीन वर्षको अवधिमा १९ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य, ४० किलोमिटर सडक ग्राभेल, ३३.८० किलोमिटर सडक स्तरोन्नति र करिव ५ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको छ।
नगर चक्रपथ निर्माणतर्फ भने नगरपालिकाले उपलब्धिमुलक काम गरेको दावी गरेको छ। पालिकाले वडा १२ कालागौडीदेखि जोनापुरसम्म ५.९ किलोमिटर र वडा नम्बर ७ समूह चौराहदेखि नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गरिएको जनाएको छ।
Facebook Comments Box