काठमाडौं: जिल्ला प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक (डिएसपी) सुधिर राई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। परिसरले उनीसहित ९ जनालाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले आज उनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे। प्रहरी सङ्गठनले दिएको जिम्मेवारी लगनशील, वफादार र कर्तव्यनिष्ठ भई पूरा गरेकोले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको जनाइएको छ। पुरस्कृत हुनेमा नायब निरीक्षक (असई) हिमाल पौडेल, वरिष्ठ हवल्दार खुमबहादुर घिमिरे, हवल्दार राजेश लामा र गोपाल श्रेष्ठ, सहायक हवल्दार कोषबहादुर बस्नेत, जवान तेजराज शर्मा, देवकृष्ण यादव, सन्तोष विष्ट र ताराबहादुर राउत रहेका छन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: अस्ति आपराधिक उपद्रव गरेको अभियोगमा मोडेल सपना लामिछाने पक्राउ परिन्। उनै पक्राउ परेकी मोडेल सपनाको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्मको अनुसन्धानमा उनको मोबाइलमा प्रहरीका एआईजीसँग पनि सपनाको गोप्य सम्बन्ध रहेको खुलेको छ। जसमा केही गोप्य म्यासेज तथा च्याटहरु प्रहरीले फेला पारेको जनाएको छ। शुक्रबार उनी राजधानीबाट पक्राउ परेकी थिइन्। प्रहरी स्रोतका अनुसार लामिछाने र ती बहालवाला एआईजीबीच ‘स्न्याप च्याट’मार्फत् निरन्तर अश्लिल संवाद भएको छ। उनीहरुबीचको स्न्याप च्याटमा अश्लिल तस्बिरहरु आदानप्रदान पनि गरिएका छन्। सोही कारण उनीहरुबीच अन्तरंग सम्बन्ध रहेको पुष्टी हुन्छ। यसअघि बस्नेत थरका एक युवकलाई बलात्कारको मुद्दा लगाएकी लामिछाने पछिल्लो समय सिर्जना बस्नेतको जाहेरीले पक्राउ परेकी…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका केही अधिकृतले सर्वोच्चमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालत पुगेका उनीहरूको मागमा अदालतले कारण देखाउ आदेश मात्रै जारी गरेको हो। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको बताइएको छ। यो आदेशसँगै सशस्त्र प्रहरीका अधिकृतहरुलाइ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा पठाउन बाटो खुलेको छ। यसै प्रकृतिको नेपाल प्रहरीका अधिकृतहरूको हकमा भने सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म अवकाशमा पठाउन रोकेको थियो। जसकाविरूद्ध सरकारले मंगलबार नै भ्याकेट दर्ता गर्ने तयारीमा छ। गत आइतबार सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहित १२…
धनगढी: कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन्। राना नदिपारि भारतको जंगलमा घास काट्न गएकोमा अबेरसम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर ठक्कर दिएको थियो। क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो। उपचारको लागि लालरत्न अस्पताल लम्की…
एजेन्सी: अमेरिकाको ह्युसटन सहरमा एक नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ। टेक्सस राज्यको ह्युसटनमा अध्ययनरत छात्राको अपार्टमेन्टमा गोली हानिएको बताइएको छ। प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल पुर्याएको छ। घटनाबारे थप जानकारी दिइएको छैन।
काठमाडौं: नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी नायव निरीक्षकदेखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन्। लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। उनीहरु झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं।१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका…
धनगढी : बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ। सोमबार दिउँसो विषेश सुराकीको आधारमा प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदीसहित केही मानिसलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरिने एसपी कार्कीले बताए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विषेश सूचनाका आधारमा सुन बनाउने एक कारखानामा सुन दिन गएका व्यक्तिलाई पिछा गर्ने क्रममा ठूलो परिमाणमा सुन र चाँदीसहित केही मानिसलाई नियन्त्रणमा लिइएको बताए। पक्राउ परेकाहरूले ‘सुनारमण्डली’ भन्ने ठाउँबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले जानकारी दिए।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले पनि यही शैलीमा सांसदहरूका योजनालाई बजेट विनियोजन गरेका थिए । भदौ १५ भित्र बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । यसअघि जेठमा तयार गरिएको बजेट कार्यक्रमलाई मन्त्रालयहरूले पुनर्लेखन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि गत असार १ मा तत्कालीन सरकारले प्रदेशसभामा पेस गरेको बजेट पारित हुन सकेको थिएन । त्यति बेला ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ…
काठमाडौं : नव भारत टाइम्सको हालै गरिएको सर्वेक्षणमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भाजपा शासित राज्यका मुख्यमन्त्रीहरूबीच उच्च लोकप्रियता हासिल गरेका छन्। ५१.१ प्रतिशत जनताले उनलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीका रूपमा अनुमोदन गरेका छन्। उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथपछि दोस्रो स्थानमा रहेका छन्। धामीको लोकप्रियता वृद्धिमा उनका केही ठूला निर्णयहरूको महत्वपूर्ण भूमिका रहेको छ। नक्कल विरोधी कानून, समान नागरिक संहिता (यूसीसी) लागू गर्ने निर्णय, र भूमि जिहादविरुद्धको कारबाहीले उनलाई चर्चाको शिखरमा पुर्याएको हो। यी निर्णयहरूका कारण उत्तराखण्डले दिगो विकास लक्ष्य मापनमा पनि अग्रस्थानमा रहन सफल भएको छ। मुख्यमन्त्री धामीले सख्त कानूनी कदमहरू उठाएर, जस्तै नक्कल विरोधी कानून र धर्म परिवर्तन…