धनगढी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा ज्येष्ठ नागरिक मन्त्री ओम विक्रम भाट सरलले लागू औषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् । कैलालीको टिकापुरमा आयोजित ‘बहुमूल्य स्वास्थ्य मेरो स्वास्थ्य’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भाटले लागू औषधका कारण प्रदेशमा ठूलो समस्या पैदा भएको भन्दै प्रदेश सरकार त्यसविरुद्ध लागिरहेको बताए । उनले परिवारबाटै यस विषयमा सचेतना फैलाउन आवश्यक रहेको जनाए । ‘लागु औषध दुर्व्यसनीका कारण पुरै पुस्ता सकिने खतरा बढेको छ हामीले यसलाई नियन्त्रण गर्नु पर्छ’ उनले भने ‘प्रदेश सरकार यस विषयमा गम्भीर छ तपाइहरू पनि आफ्नो ठाउँबाट लागु औषध विरुद्धको अभियानमा सरिक हुनुहोस् ।’ सामूहिक रुपमा अभिभावक, शिक्षक…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भाेलि प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई निर्देशन दिएका हुन् । कांग्रेसले भोलि प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुने र तटस्थ नरहन पनि सांसहरुलाई स्पष्ट निर्देशन दिएको छ। ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ’, लेखकद्वारा जारी…
काठमाडौं : २०८० साल भाद्र ३ गतेदेखि नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ। तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार एक सय ३३ जना पुरुष तथा ७ सय ५४ जना महिला गरी ३ हजार ८ सय ८७ जना सैन्यहरू दीक्षित भएका छन्। नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए। त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा…
काठमाडौं : कञ्चनपुरमा असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान कञ्चनपुर प्रस्थान गरेको हो । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भए/नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ । कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको…
रौतहट: रौतहटमा आँप टिपेको विषयमा विवाद योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए । बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।
धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजार नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन्। उनीहरुबाट ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा केही भारतीय पक्राउ परे । तर ती सामान्य नागरिक थिएनन् । उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए । भारतले जासुसीकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो । पक्राउपछि अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गर्यो । अष्ट्रेलियाको आरोप थियो विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरीको । सूचनाहरू चोरी गर्न खोज्दा उनीहरू समातिएको अष्ट्रेलियाली सुरक्षा अधिकारीको आरोप थियो । तर,ती कुरा त्यतिबेला सार्वजनिक गरिएनन् । एबीसी न्यूजकाअनुसार भारतले फैलाइरहेको ‘जासुसी जालो’ लाई त्यहाँको राष्ट्रिय गुप्तचर…
काठमाडौँ : विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेकोमा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो। विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो। बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मङ्सिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।
धनगढी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा जेष्ठ नागरिकमन्त्री ओम बिक्रम भाट सरलले कैलाली कञ्चनपरसहित जिल्लामा भएका बाढी र पहिरो प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताएका छन् । कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा सबैभन्दा धेरै कञ्चनपुरमा बाढीले क्षति गरेको छ । यहाँ चार जनाले ज्यान समेत गुमाएका छन् । मन्त्री भाटले सरकार प्रभावितहरुको साथमा रहेको भन्दै ढाढस दिएका थिए । मन्त्री सरलले कञ्चनपुरको बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका वाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै प्रभावितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्। उनले…