कञ्चनपुर : नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए । उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् । प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन्। भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन्।…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सेती नदीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित सेती नदीको बिच भागको खाली बगरमा जयपृथ्वी १० बस्ने ४५ वर्षका रमेश बादीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतकका छोरा मनोज बादीले शवको सनाखत गरेका हुन् । मृतक रमेश राती १ बजेको समयमा घरबाट निस्नेको बुझिएको प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बझाङ पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले बताए ।
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले अर्को साताबाट भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी छ । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो । भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । अहिले मन्त्रीहरू पनि राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। मुख्यमन्त्री दीर्घ सोडारी अहिले प्रदेशमा छैनन्। उनको अनुपस्थितिमा कार्यालयमा दर्ता गर्ने तयारी भएको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए। एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
काठमाडौं: नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) र एक जना डीआईजीको पद रिक्त हुँदै छ। एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेल अनिवार्य अवकास हुँदा दुई पद खाली हुन लागेका हुन्। उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकासमा गैसकेका छन्। पोखरेल एआईजीमा बढुवा भए पनि शुक्रबारदेखि नै अनिवार्य अवकासमा जानेछन्। त्यसपछि हाल कार्यरत डीआईजीमध्येबाट एक एआईजीमा बढुवा गरिनेछ। जसमा भतरबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन्। सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा…
धनगढी: बैतडीका एक युवक काठमाडौँमा मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका हुन्। असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन्। प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ। स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए। बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन्। मृतक बोहरा पछिल्लो ७ महिनादेखि काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए। काठमाडौँ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं : नेपाल प्रहरीमा २४ वर्ष काम गरेर अचानक राजीनामा दिएका एक एसपीले संगठनको नेतृत्वप्रति रोष प्रकट गरेका छन् । प्रहरी उपरिक्षक (एसपी) बाट राजीनामा दिएका आभुषण तिम्सिनाले संगठनका पूर्व र वर्तमान प्रमुखप्रतिको दृष्टिकोण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । उनले संगठनका पूर्व र वर्तमान गरी १२ जना प्रहरी महानिरीक्षक (आईजी) हरुका बारेमा अनुभव भन्दै विभिन्न आरोपहरु समेत लगाएका छन् । उनी लेख्छन्, मलाई आज केहि कुरा भन्न मन लाग्यो मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केहि होइन, संगठन प्रमुखको कारण भित्रिएका धेरे बिकृतिहरुको बारेमा। नम्बर दिँदै लेख्छु। १) मेरो नजरमा नेपाल पुलिसको सबै भन्दा फटाहा आइजिपि श्याम भक्त…
काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँदै छन्। रास्वपाबाट सरकारमा रहेका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले आजै सरकार छाड्न लागिएको जानकारी दिए। यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो। एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका…