धनगढीः सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले लेखा समूहका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले प्रशासन सेवा लेखा समूहका अधिकृत र सहायकस्तर पाँचौँ र चौथो तहका ४९ जना कर्मचारीको सरुवा गरेको हो।
मन्त्रालयले ३७ जना लेखा अधिकृतहरूको सरुवा गरेको छ। जसमध्ये ११ जना सातौँ तहका लेखा अधिकृतको सरुवा भएको छ भने बाँकी छैटौँ तहका रहेका छन्।
यस्तै, लेखा समूहका १२ जना सहायक स्तरका कर्मचारीको सरुवा भएको छ। यसअघि प्रदेश मातहतका ४४ जना कर्मचारीको सरुवा भएको थियो।
Facebook Comments Box