Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

Read More

काठमाडौँ : नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) बसन्तबहादुर कुँवरलाई पदबाट हटाउने तयारी थालिएको छ। स्रोतका अनुसार गृहले सो बारे आन्तरिक तयारी थालेको हो। तयारीमात्र होइन, नेपाली काँग्रेसको पालामा बनाइएका आइजी कुँवरलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई प्रस्ताव नै गरिएको कुरा बाहिरिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आईजीपी कुँवरलाई पदबाट हटाउने प्रस्ताव पेस गरेका हुन्। गृहसामु इतिहासकै निरीह आइजीको उपमा पाएका कुँवरसँग गृहमन्त्री लामिछाने केही समयदेखि असन्तुष्ट रहेको बताइएको छ। सोही क्रममा लामिछानेले आफूलाई असहयोग गरेको भन्दै कुँवरलाई पदबाट निकाल्न प्रस्ताव गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार लामिछानेसहित विरुद्धको सहकारी काण्डको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता…

Read More

काठमाडौं : नेपाल प्रहरीका १५६ प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ हवल्दारबाट सहायक निरीक्षकमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । asi_767Download

Read More

काठमाडौं : नेपाल प्रहरीका २२९ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । shc_7674Download

Read More

धनगढी : नेपाल पत्रकार महासंघको चुनावको समय केही साता पर सरेको छ । जेठ २६ गतेभित्र हुने भनिएको चुनाव सदस्यता विवादले सरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै चुनाव सरेको जानकारी गराएका छन् । उनले २६ गते तोकिएकोमा उक्त मितिमा मतदान नहुने भन्दै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँग छलफल भइरहेको बताएका छन् । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरेका छन् ।

Read More

धनगढी : नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को डोटी जिल्ला अध्यक्षमा लक्ष्मण बोहरा चयन भएका छन् । शुक्रबार सम्पन्न १५ औं जिल्ला सम्मेलनले बोहरालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । सम्मेलनले ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कृष्ण बोगटी र तपेश बिक, सचिवमा सुरेश रोकाया, सहसचिवमा पबित्रा ऐर, देब बयडी, केशव बिष्ट र सुरत बोहरा तथा कोषाध्यक्षमा इश्वरी मलासी चयन भएका छन् ।

Read More

काठमाडौँ : पार्टी राजनीतिमा सक्रिय हुने हल्लाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै चीन भ्रमणमा जाने तयारी गरेकी छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भण्डारीले छोरी उषाकिरण भण्डारीलाई समेत लिएर चीन भ्रमण गर्न लागेकी हुन्। भण्डारीको भ्रमण एमाले अध्यक्ष केपी ओलीको पहल वा सहमतिमा आयोजना हुन लागेको हो। एमालेको एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग समन्वयमा रहेर पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणको तयारी गरिरहेको छ। ‘एक वर्ष अघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीलाई चीनबाट भ्रमणको निम्तो आएको हो, बेलाबेलामा भेटघाट हुँदा मौखिक रुपमा पनि भ्रमण होस् भन्ने चाहना चिनियाँ पक्षबाट आएको थियो,’ भण्डारीको भ्रमणको तयारीमा संलग्न एक नेताले भने, ‘तीन महिना (संभवतः सेप्टेम्बर)…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा आइतबारदेखि धनगढीको ओम प्यालेसमा मेला हुनेछ । मेलाको विषयमा जानकारी दिन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव बसन्त बोहराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको बताए। ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र…

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गृहमन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताउँदै गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गरे। गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्नेगरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई उनले जानकारी दिए।

Read More

धनगढी : कञ्चनपुरमा कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक पुष्कर राज पन्तको नेतृत्वमा समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीको निर्देशनमा हवल्दार रामसिंह धामीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरिएको हो । प्रहरी चौकी परासन, कञ्चनपुरमा दरबन्दी भई कारागार सुरक्षा गार्डमा कार्यरत धामीले जेठ २४ गते साँझ कैदी भुवन थापालाई भेटघाट गराउन पन्त रेष्टुरेन्टमा लगेका थिए। चेकजाँच गर्दा कैदी थापा र उनको आफन्त भनिएका अमर थापा मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिए। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा स्वास्थ्य परीक्षण गराउँदा…

Read More