Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अवकाशप्राप्त गरेर घर जाने बेला भएका एआइजीद्वय श्यामलाल ज्ञवाली र एआईजी भीमप्रसाद ढकाल नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधी हटाउन लागिपरेका छन्।उनीहरु गृहसचिव एकनारायण अर्याललाई पनि विश्वासमा लिएर सेवा अवधि हटाउन कस्सिएका हुन्। अवकाश नजिकिदै गर्दा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एआईजी ज्ञवाली र मानवस्रोत विभागका कार्यरत एआईजी ढकाल ३० वर्षे सेवा अवधी हटाउने अभियानमा लागेको स्रोतले जनाएको छ। अहिलेकै अवस्थामा ३० वर्षे सेवा अवधी कानुन बनाएर लागु गर्न सम्भव नभएपछि उनीहरुले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर अध्यादेशमार्फत आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखिन्छ। प्रहरीमा ३० वर्षे सेवा अवधीका बारेमा वर्षौदेखि बहस चल्दै आएको छ। तर सो बहसले मूर्त रुप भने…

Read More

काठमाडौँ : ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।  गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Read More

काठमाडौं : अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने भएका छन ।  अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको हो । पछिल्लो दस महिनामा पर्यटक भिसाबाट विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ३६ हजार नाघेको बताइएको छ ।  विज्ञप्तिमा ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः सोही भिसामा अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उल्लेख छ ।  अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार यो नियम जुलाई १ देखि लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् । मन्त्री ओनिलले गत वर्ष जारी गरिएको…

Read More

काठमाडौं : कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा भवनमा रहेका पाँच जना नेपाली मध्य तीन जना घाइते भएका छन्। दुई जना सुरक्षित रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। बुधबार विहान कुवेतमा आप्रवसाी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो। आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भै रहेको छ। उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ। दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ। त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ। श्रम, रोजगार तथा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लको दोधारा चाँदनी नगरपालिका–७ का २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलका ५० वर्षीय गणेशसिंह साउद रहेका छ्न । सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको  प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : प्रतिनिधि सभा बैठकमा आज पनि   बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ।  आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।  प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो।  हिजो सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। 

Read More

काठमाडौँ : भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए । यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए । यो जितपछि…

Read More

बुटवल : बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। ५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल-११ की लक्ष्मीता श्रेष्ठको लुम्बिनी…

Read More

काठमाडौं : अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो। अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे । अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे । प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा भारतले…

Read More

बैतडीः बैतडीमा पुुरुषको कुुटाइबाट एक महिलाको मृत्युु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो। मंगलवार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधवार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधवार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ।  

Read More