धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जानकारी दिए। डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन्।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए।
१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन्। तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो।
Facebook Comments Box