काठमाडौं: भारतले नेपालको अतिक्रमित भूमीमा धमाधम निर्माणका कार्य थालेको छ। सीमा विवाद रहेको सो क्षेत्रमा नेपालको भूमिलाई भारतले आफ्नो दाबी गर्दै विकास निर्माणका काम थालेको हो।
भारतीय सुरक्षा संयन्त्रका अनुसार भारतले अतिक्रमित भूमिमा विभिन्न भौतिक संरचना समेत निर्माण गर्ने तयारी गरेको छ। केही समय अगाडि सो क्षेत्रमा भारतले टेलिकमको टावर पनि बनाएको थियो।
जो क्षेत्र नेपालतर्फ दार्चुलाको भूभागमा पर्दछ। जसलाई समेटेर नेपालले नक्सा पनि जारी गरेको थियो। तर दुई देशबीच सीमाबारे यथेष्ट सहमति नहुँदा समस्या उस्तै छ। यसैक्रममा भारतले अतिक्रमित दार्चुलाको भूमि कालापानी तथा लिपुलेक लगायतको इलाकामा विकास निर्माणका काम थाल्ने तयारी गरेको हो।
जसमा भारतको केन्द्रिय सरकारले नै अतिक्रमित भूमिमा पर्ने कुटि नदीमा तटबन्धको लागि ७ करोड र गुन्जीमा साढे १७ करोड रकम बिनियोजन गरेको छ। जसबाट त्यहाँ विभिन्न निर्माणका कार्य हुनेछन्।
भारतले अहिले नाभी, कुटी गाउँलाई भाइब्रेट भिलेजको नाम पनि दिएको बताइन्छ। यस्तै भारतले कोरानाकालदेखि चीनको ताक्लाकोटमा बन्द रहेका दोकानहरु पनि खोल्नको लागि पहल गरिरहेको स्रोतको भनाई छ।
यसमा भने नेपालले कुनै औपचारिक तथा अनौपचारिक भूमिका एवं प्रतिक्रिया जनाएको छैन। जबकी तत्कालीन समयमा नेपालमा चुच्चे नक्सा जारी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै हाल पनि प्रधानमन्त्री छन् भने परराष्ट्र मामिलामा अब्बल दाबी गर्ने आरजु राणा देउवा परराष्ट्र मन्त्री छन्।
र, यो पनि: दार्चुलाको अतिक्रमित भूमिमा चिनियाँ गतिविधि बढेपछि हवाई गस्ती गर्दै भारत, नेपालीका जग्गा खोसिदैं
दार्चुलाको अतिक्रमित भूमिमा भारतीय पूर्व सेनाका परिवार र बहालवाला टोली