धनगढी : कैलालीको एक विद्यालयले राहत शिक्षकको परीक्षामा बदमासी गरेको पाइएको छ । गोदावरी नगरपालिका ८ को शारदा माध्यमिक विद्यालयले शिक्षक पदपुर्तीको परीक्षामा गम्भीर लापरवाही गर्दै सेटिङमा भर्ना गर्न खोजेको आरोप लागेको छ । विद्यालयले प्लस टुको अंग्रेजी विषयको राहत शिक्षकको लिखित परीक्षामा उत्तर पुस्तिका नै बाडिएको पाइएको छ । शनिवारको पहिलो लिखीत परिक्षा सञ्चालन हुनुपुर्व प्रश्नपत्र लिक गर्दै विद्यालयका प्रधानाध्यापक निकट व्यक्तिलाई थमाएको आरोप छ । विद्यालयले प्रधानाध्यापक निकट परीक्षार्थीलाई प्रश्नपत्र सँगै उत्तरपुस्तिका दिएको कुरा लिक भएपछि तत्काल रद्द गर्दै प्रश्नपत्र फेरेर फेरि परीक्षा लिइएको छ । तर विज्ञको टोली परिवर्तन नगरिएको, विज्ञ टोली गोला प्रथाबाट नछानिएको, आफन्तलाई धनगढीबाट…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : मालपोत कार्यालय टिकापुरका तत्कालिन कार्यालय प्रमुख मोहन स्नेही रसाईली भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्धा चलाइएकाहरुमा मालपोत कार्यालयका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख मानबहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् । उनीहरुले आपसी मिलेमत्तोमा कैलालीको साविक नारायणपुर–८, अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि.(बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी २०६८ सालमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारको दाबी छ । अख्तियारको…
धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले सोही विद्यालयको कक्षा-९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् । शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।
काठमाडौं : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६…
काठमाडौं : सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ । समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।
काठमाडौँ : सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ । नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् । संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल…
धनगढीः कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ। भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो। भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवारदेखि डोजर चलाउन थालिएको हो। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीका अनुसार उक्त क्षेत्रमा तीन सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। दुई सय…
धनगढी: नेकपा एमालेको बाजुरा जिल्लामा अधिवेशन जारी छ। आज (आइतबार) पदाधिकारीसहितका पदका लागि मतदान भैरहेको छ। तर, युवा कलस्टरसहितका केही पदमा भने सर्वसम्मत सदस्य निर्वाचित पनि भएका छन्। बाजुरामा युवामाझ लोकप्रिय मानिने नरेन्द्र थापा सहवीर पनि एमाले बाजुराको जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका हुन्। उनी एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा खुला युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ। यस अगाडि उनी पालिकाको प्रमुख भएर पार्टीको जिम्मेवारीमा थिए। उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन्।
काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।
धनगढीः कैलाली प्रहरीको हिरासतमा राखिएका एक युवकको मृत्यु भएको छ। आज (आइतबार) बिहान थुनामा रहेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरी अचानक बेहोस भएर ढलेकोमा उपचारका लागि अस्पताल लगेपछि उनको मृत्यु भएको हो। जिल्ली प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्र कार्कीका अनुसार अस्ति जेठ ३ गते उनलाई भन्सार छलीका कपडासहित समातिएको थियो। त्यसपछि उनलाई ४ गते भन्सार बुझाइएकोमा थुनामा राखिएको थियो। तर आज अचानक बिहान साढे ५ बजेको समयमा उनी। हिरासतमा बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई उपचारका सेती प्रादेशिक अस्पताल लगिएकोमा उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।