धनगढीः कैलालीको धनगढीमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय सुप्रिम राना करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एलनचोकमा तारतान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रानाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर रहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन, हातहतियार र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति मार्फत प्रकाशन गरेको हो। सार्वजनिक नतिजाअनुसार उत्तीर्ण भएका उम्मेदवारहरूले आगामी मिति भित्र अन्तर्वार्ता, शारीरिक परीक्षण, र अन्य थप प्रक्रियाहरूमा सहभागी हुनुपर्नेछ। सम्बन्धित सबै उम्मेदवारलाई प्रहरी प्रधान कार्यालयको आधिकारिक वेबसाइटमा गई विस्तृत नतिजा हेर्न र थप प्रक्रिया सम्बन्धी जानकारी लिन सूचित गरिएको छ। प्राविधिक प्रहरी समूहको यो परीक्षा इन्जिनियरिङ, केनाईन, हातहतियार, र स्वास्थ्य उपसमूहका विभिन्न पदहरूमा दक्ष र योग्य जनशक्ति भर्ना गर्ने उद्देश्यले गरिएको थियो।…
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ । उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
काठमाडौँ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । ‘एकीकृत समाजवादी र माओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।’ उनले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे । उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए । ‘नेपाल…
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका…
धनगढीः कैलालीको धनगढीबाट एक युवती ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी–३ कि २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोलस्थित घरबाट असार ११ गते दिउँसो ३ बजे नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकी सुनिता त्यसपछि भने आजसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। बेपत्ता भएपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी उनको त्यसपछि भने आजको दिनसम्म मोबाइल अफ रहेको उनका भाइ निर्मल देउवाले बताए। प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसनसमेत थाहा हुन नसकेको भाइ निर्मले बताए। सुनिताको खोजीकार्यमा सहयोग गरिदिन…
धनगढी : जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनको हेडक्वाटरमा काज सरुवा गरेको हो । उनी गत वर्षको असार १० गते यहाँ हाजिर भएका थिए । उनी अछाममा एक वर्ष बसेर हेडक्वाटरमा सरुवा भएका हुन् । अब उनको स्थानमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारी आउने भएका छन् । यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी पाठकलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको छ । साथै उनको नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायी जीवन सफल, समृद्धिको लागि कामना पनि गरिएको छ ।
धनगढी : कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनाजस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्थाका लागि गृहकार्य अगाडी बढेको छ । यसका लागि गृहमन्त्रालयको प्रशासन महाशाखाको टोलीले आवश्यक अध्ययन गरिरहेको छ । टोलीले आवश्यक अध्ययनसहित सरकारलाई सुझाव दिनेछ । नेपाली सेनामा सेनामा १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्था छ । तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान सेनामा छ । प्रहरीमा पनि लामो समयदेखि सेनाजस्तै पेन्सको व्यवस्थाका लागि माग उठ्दै आएको छ । प्रहरी प्रधान कार्यालयले पनि विभिन्न समयमा यस्तो सुझाव सरकारलाई दिदै आएको छ । सरकारले नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि…
काठमाडौं : नेपाली सेनाले उपरथी र सहायक रथीमा एक एक जनाको बढुवा गर्न लागेको छ। सैनिक साधारण सेवातर्फ रिक्त हुन आएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी गराउँदै पाँच जनाको नाम सार्वजनिक गरिएको छ। उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन्। दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए। सहायक रथीमा सुरज गुरुङ,जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन्। तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन्। शान्ति कार्य निर्देशनालयका जगदिश…