धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो। प्रदेश सभाको पहिलो कार्यकालमा ६७ र दोस्रो कार्यकालको हालसम्म आठ वटा गरी जम्मा ७५ वटा ऐन बनेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। बनेका ऐनमध्ये ४५ वटा मूल ऐन र बाँकी सबै संशोधन ऐन रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसबाहेक एउटा अध्यादेश जारी भएको छ। चालु आर्थिक वर्षको बजेट पास हुन नसकेको बेला राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश–२०८१ जारी गरिएको थियो। …
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-१ गोदाम टोलबाट सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित शनिवार फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।यस्तै, धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी छन्। बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै, लागूऔषध र वन मुद्दामा फरार रहेका…
डडेल्धुरा: २५ असोजमा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ को महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो। जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो। उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार, ती किशोरी २५ असोजको बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन्।’ सोही दिन दिउँसो हवल्दार…
हेटौंडा: मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ। पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन्। ३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९ र २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन्। प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ। आरोपित दुई युवा भने फरार रहेका छन्।डीएसपी…
पोखरा: सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ। म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान करिब पौने तीन…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री एवम् सांसद रवि लामिछाने हिजो रातिदेखि प्रहरी हिरासतमा छन्। काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर राति नै उनलाई पोखरा लगिएको थियो। सहकारी ठगी र संगठित अपराधको आरोपमा थप अनुसन्धान गर्न लागिएका रविको समर्थनमा उनका नेता तथा कार्यकर्ताले आज दिनभर प्रदर्शन गरेका छन्। उपसभापतिलगायत अधिकांश पदाधिकारीहरु आज दिउँसोसम्म पोखरा पुगेको अवस्था छ। दिउँसो चिप्लेढुंगामा आयोजित विरोध सभामा सहप्रवक्ता मनिष झाले आफूहरु शहीद बन्न तयार रहेको बताएका थिए। झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको दाबी गरेको बेला केही महिला सांसद भने सेल्फी खिच्दै मुस्कुराइरहेका थिए। सेल्फी खिच्न सांसद…
काठमाडौं: ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ। सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य…
धनगढी: पूर्व सशस्त्र प्रहरीले परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालय जोगबुढाको मोटरसाइकल जलाइदिएका छन्। हिजो (शुक्रबार) परशुराम नगरपालिका-५ परिगाउँमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल सोही ठाउँका पूर्व सशस्त्र प्रहरी धनबहादुर चन्दले जलाइदिएका हुन्। चन्दले रक्सी खाएर मोटरसाइकल जलाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिए। उनले भने, ´उनको परिवारबाट बुझ्दा रक्सी खाएर जलाएको खुलेको छ। बाइक ध्वस्त छ।` सब डिभिजनमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले उक्त सुपप्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउँ लगेर गएकाे बुझिएको छ। रोकायाका अनुसार मोटरसाइकल परिगाउँमा रहेको चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्ड भिजिट गएका थिए। सोही…
धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देखतभुलीमा आयोजित प्रथम डीवाईएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका-७ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो। ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले ७ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो। उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। विजेता र उपविजेतालाई एक कार्यक्रमबीच एमालेका प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद…
धनगढी: पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिममा छन्। आज नै धनगढी पुगेका उनले कञ्चनपुरमा राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको उद्घाटन गरेका छन्। शनिबार जिल्लाको वेदकोट नगरपालिका–८ गैलनदीमा उनले बुद्धिचाल प्रतियोगिताको उद्घाटन गरेका हुन्। यस्तै उता आज बिहान १० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट नेपाल प्रहरीका एआईजी सुदीप गिरी पोखरा पुगेको बताइएको छ। उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै एकै जहाजमा पोखरा गएको बताइन्छ। त्यस्तै आफ्ना सभापति तथा सांसद रवि लामिछाने पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाले रास्वपा सांसदहरु पनि पोखरामा छन्। सहकारी ठगी र संगठित अपराधको आरोप लागेका रवि लामिछानेलाई प्रहरीले हिजो पार्टी कार्यालयमा पक्राउपछि राति नै…