धनगढी: कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-१ गोदाम टोलबाट सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित शनिवार फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी छन्।
बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, लागूऔषध र वन मुद्दामा फरार रहेका कैलालीको दुई जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ कटानपुर बस्ने १९ वर्षीय समिर चौधरी र वन मुद्दमा ४४ हजार २८८ जरिवाना तोकिएको गोदावरी नगरपालिका–२ बस्ने ५५ वर्षीय पदमबहादुर जोरा पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबैजनालाई शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।