काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष झै जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग सहित रिट निवेदन सर्वोच्च पुगेका थिए । सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो । रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
धनगढी: धनगढीको एक होलसेल पसलमा आगलागी भएको छ। भर्खरै धनगढी उपमहानगरपालिका बसपार्क रोडको नवजीवन अस्पताल नजिकैको एक पसलमा आगलागी भएको हो। प्रहरीका अनुसार डिबी बुक्स हाउसमा आगलागी भएको हो। आगलागीबाट पसल जलेर नष्ट भएको बताइएको छ। अहिले प्रहरी परिचालन गरेर आगो नियन्त्रणमा लिने कार्य भैरहेको जनाइएको छ। Download
धनगढी : कैलालीमा एकजना युवक मृत भेटिएका छन् । अछामको चौरपाटी गाउँपालिकाको-२ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी धनगढी उपहानगरपालिकाको जाली सामुदायक वनमा बिहीबार बिहान ९ः४५ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी बुधबार साँझ साथिको घरमा जान्छु भनेर गएको तर बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले बताए । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका छ । उनी धनगढीको हसनपुमा डेरा गरी बस्दै आएका थिए ।
धनगढी : डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ । सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासँगै औद्योगिक विकास तथा रोजगारी सिर्जनामा उत्कृष्ट योगदान दिए बापत वरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सापकोटा र उनका दाइ वसन्त सापकोटा (अमेरिका)लाई संयुक्त रूपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यमिक विद्यालयका अध्यक्ष धनबहादुर सिंह, प्रधान अध्यापक खड्कबहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट…
धनगढी : बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय कुबेर गिरी पेस्तोलसहित पक्राउ परेका हुन् । गाउँमा झै–झगडा गर्ने र साथमा पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो। घरमा लुकाई राखेको अवस्थामा एक थान पेस्तोलसहित गिरी पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत टेकु प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन् । जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ…
काठमाडौं : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ४ किलो ५०४ ग्राम कोकिन सहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना नागरिकलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थीत एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो । उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल…
काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । सांसदहरुले सोधेका प्रश्नमा प्रधानमन्त्रीबाट जवाफ यस्ता छन् प्रश्नकर्ता सांसद तेजुलाल चौधरी प्रश्न १- थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुर्इमत हुन सक्दैन । तसर्थ यसै सन्दर्भमा टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किनरु फरार व्यक्तिहरूलार्इ कहिलेसम्म उन्मुक्ति दिनुहुन्छरु सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो । २- मेरो…