ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत रु एक करोड ५७ लाख छ । काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनीका सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री…
Author: महेन्द्रनगर पोष्ट
बलेवा- हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो । बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताउनुभयो । साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार…
काठमाडौं- वैदेशिक रोजगारीमा जान अब श्रम स्वीकृति लिन नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउन लागेको छ । विदेश जाने कामदारले श्रम स्वीकृति लिने व्यवस्था २ वैशाखदेखि खारेज गर्ने वैदेशिक रोजगार विभागको तयारी छ । सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनले भने, ‘कामदार रोजगारीका लागि जुन मुलुकमा जाने हो, सोही मुलुकसँगै श्रम स्वीकृति लिनुपर्छ ।’ नागरिकले सरकारबाट पासपोर्ट पाउनु भनेकै कुनै पनि मुलुकमा जान योग्य भएको प्रमाण हो । त्यस्तै, गन्तव्य मुलुकले कामदारको नाममा भिसा जारी गर्नु भनेकै कामदारलाई…
भक्तपुर- भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ…
कञ्चनपुर- कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन्। बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोतौल समूहमा लुम्बिनी प्रदेशकी सिर्जना चन्दलाई पराजित गर्दै सिंहले स्वर्ण जितेकी हुन्। यसअघि १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा सिंहले कुस्तीमा कास्य पदक जितेकी थिइन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बाँकेको डुडुवा गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्तीमा सुदूरपश्चिमका खेलाडीले एक स्वर्णसहित पदक जितेको बताए। “दुई वटा महिला र दुई पुरुष तौल समूहमा मात्रै खेलाडीलाई सहभागी गराइएको थियो”, उनले भने, “हरेक राष्ट्रिय प्रतियोगितामा हामीले स्वर्ण नजितेको इतिहास छैन।” त्यसैगरी उक्त प्रतियोगितामा ६५ किलोतौल समूहमा लक्ष्मी…
बैतडी- राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपिल) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरूमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनीहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।
कञ्चनपुर- सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ । “परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता…
हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् । गएको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् । माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै…
म्याग्दी- जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३…
कैलाली- धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा हुने कार्यक्रम चैत २९ गते धनगढीको रातोपुलमा रहेको रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने भएको छ । विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त रहेको रिद्धिसिद्धि पार्टी प्यालेसले अवार्डलाई साथ दिएको छ । अवार्डमा प्यालेस भेनु पार्टनरको रुपमा रहनेछ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा रिद्धिसिद्धी पार्टी प्यालेसका प्रबन्ध निर्देशक प्रकाश जप्रेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको…