काठमाडौं : नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ । जन्ममिति र नाम सच्याएको विवादमा तानिएका मल्ललाई समरी सैनिक जनरल अदालतले सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ । यसअघि सेनाले उनलाई हिरासतमा लिएको थियो । विवादित विषयमा उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ल सैनिक अदालतको निर्णयले निष्कासित भएका छन् । मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवामा अवैध रुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ परेका छन्। आज (मंगलबार) साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुमार पालको कमाण्डमा खटिएको प्रहरी टोलीले ३७ वर्षीय मोहन बहादुर खत्रीलाई पक्राउ गरेको हो। प्रहरी टोलीले खत्रीको घरमा लुकाइ छिपाई राखिएको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारेको थियो। उक्त बन्दुकहरू बरामद गरिसकेपछि खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ।
काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन्। जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्। उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन्। जिल्ला प्रहरी कार्यालय ,सिराहामा ल्याएर उनीविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका निम्ति सिराहा जिल्ला…
धनगढी : धनगढी उपमहानगरपालिकाले पुनः गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी बढेका कारण धनगढीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि असार ५ गतेदेखी ७ गतेसम्म बिदा दिएको हो । यसअघि उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिएको थियो । उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको विज्ञप्तिमा बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।
धनगढी : बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महरकी श्रीमतीलाई दोहोरो सुविधा लिएको खुलेको छ । देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी शारदा बमसहित ९ जनाले दोहोरो सुविधा लिएका हुन । उनिहरु कार्यालयमा उपस्थित नभएरै ३ लाख ५६ हजार ९२४ रुपैयाँ बुझेका छन् । यसरी बुझेको दोहोरो सुविधा अशुल गर्नु भन्दै महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ । कार्यालयमा उपस्थित नभएरै दोहोरो सुविधा लिने कर्मचारीहरु निम्नअनुसार रहेका छन् ।
धनगढी : धनगढी उपमहानगरपालिकाले स्वीकृत दरबन्दी बिना कर्मचारी भर्ना गरि बजेट खर्च गरेको भन्दै प्रश्न उठाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा उपमहानगरपालिकाले स्वीकृत दरबन्दी नभएको अवस्थामा पदाधिकार कायम गरि एक करोड ९३ लाख ६३ हजार भुक्तानी गरेको उल्लेख गरेको छ । उपमहानगरपालिकाले स्वीकृत दरबन्दी बिना कर्मचारी राखेर बजेट खर्च गरेको भेटिएपछि दरबन्दी स्वीकृत गरि सोहीअनुसार व्यवस्थापन गर्नुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले दिएको छ । प्रतिवेदनमा उपमहानगरपालिकाले २ जना लेखा अधिकृत छैटौँ, ३/३ जना कम्प्युटर अपरेटर, सहायक पाँचौ, १७ जना सामाजिक परिचालक, १० जना कार्यालय सहयोगी लगायत विभिन्न पदमा ५१ जना कर्मचारी भर्ना गरिएको प्रतिवेदनमा…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् । उनले भने, ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक छिन रिसाउने र पछि मन बुझाउने मान्छेको रूपमा आफूलाई ठान्छु तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (पुस्तिका च्यात्दै) यसरी हुर्याउने मन छ तर यो संसदीय मर्यादा विपरीत हुन्छ…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए । उनले डोटीमा सेती नदी र गण्डिगाड खोलाले कटान गरेको जोखिममा रहेको बस्ती र विद्यालयमा बजेट नहालेको भन्दै आक्रो व्यक्त गरेका हुन । उनले भने-डोटी जिल्लाको नाम किताबमै छैन । कतिपय सत्तापक्षका माननीयहरुकोमा बजेट परेको होला । म अनुरोध गर्न चाहन्छु, यो जाजरकोटमा बजेट कमै भएको रहेछ माननीय शक्ति बस्नेतकोमा । तपाईंहरुको कटौती गरेर पनि दिइदिनुस् । मन्त्री एउटा जिल्ला, पालिकामा मात्रै…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुप¥यो ? भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिएका छन्। माओवादीका सबै प्रदेशका माननीयहरुलाई काठमाडौं बोलाएर गरिएको बैठकमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्। बैठकमा सहभागी प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रचण्डले दल नेता भट्टलाई बनाउनु भनेर निर्देशन दिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। यस्तै हालै पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन आएको उनले बताए। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। यस अगाडि सुरुमा दल नेता रहेका…