Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते् भएका छन्। सोमबार बिहान जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक तलकोटबाट सदरमुकामतर्फ आइरहेको बा१८च ५१४९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा जिपमा सवार ७ जनामध्ये चारजना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने वर्ष ५६ का बिरबहादुर बम्म, वर्ष ४५ की धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने वर्ष २५ की विद्या बोहरा र वर्ष १७ का शंकर धामी रहेका छन्। उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने चालक तलकोट गाउँपालिका– १ बस्ने २३ वर्षीय नबिनबोहरा प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी: कञ्चनपुर लालझाडी गाउँपालिकाको बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी पोस्ट स्थापनाको माग गरिएको छ। स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको हत्या भएको चार दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन। बिहीबार राति घरमा सुतेकै अवस्थामा दुबै जनालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो। शनिबार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन्।केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो। अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन्। स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरि तत्काल दोषि…

Read More

दाङ: बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन्। वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए। गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढीः कैलालीको गेटामा चिकित्सा शिक्षाको अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि ६ अर्ब बढीका संरचना तयार छन्। तर, त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ। मेडिकल शिक्षाको अध्यापन हुने कहिलेबाट निश्चित छैन। सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो। तर पछि प्रतिष्ठान पनि बेठीक हुने भन्दै मेडिकल विश्वविद्यालय स्थापनाको माग चर्को गरी उठेको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा…

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट नौं लाख बढीको सामान बरामद गरिएको छ। आइतबार कैलाली जिल्लाको ििभन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरका विभिन्न स्थानबाट ५ लाख ६३ हजार बढीको सामान बरामद गरिएको हो। भारतबाट भन्सार छलेर ल्याइएका प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी, उनीकोट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। सबै सामान बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। भन्सार छलेर सामान ल्याउने भने कोही पक्राउ परेका छैनन्। यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर,…

Read More

कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ। महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो। “स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए। धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनका नाममा पत्र काट्दै स्पष्टीकरण सोधेको छ। धनगढी–५ हसनपुरमा रहेको सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सीमित व्यक्तिको हालीमुहाली भएको गुनासो आएपछि उपमहानगरले विषयवस्तु स्पष्ट पार्न पत्र लेखेको हो। उपमहानगरपालिकाले पाँच बुँदामा पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। पत्रमा नृपबहादुर वड विद्यायल सञ्चालक समितिको अध्यक्ष हुने आधार र योग्यताबारे स्पष्ट पार्न निर्देशन दिइएको छ। वड अघिल्लो कार्यकालमा विद्यालय सञ्चालक समितिको अध्यक्ष हुँदा नगर शिक्षा ऐन र संघीय शिक्षा ऐनले स्पष्ट गरेको काम कर्तव्य र अधिकार पालना गर्न गराउन चुकेको विषय पत्रमा उल्लेख छ। सञ्चालक समितिले विद्यालयको चल÷अचल सम्पत्तिको सुरक्षा गर्नुपर्ने दायित्व…

Read More

धनगढीः कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्। साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर स्थित ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा शर्मासहित ८ जना जुवाडे पक्राउ परेका हुन्। यी आठ जनालाई नगद २७ हजार ५५० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी कास्की घर भई हाल अछामको मंगलसैन नगरपालिका–५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा मंगलसैन नगरपालिका–४ बस्ने २७ वर्षीय कमलबहादुर शाहीसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। ६ जनालाई नगद ६९ हजार ६५५, मोबाईल ७ थान…

Read More

डडेल्धुरा: न्याय परिषषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ। १६ मंसिरमा हुने उपनिर्वाचनका लागि न्याय परिषदले मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ। जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। सुदूरपश्चिममा जनप्रतिनिधिको निधनपछि पाँच पद रिक्त छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर र भीमदत्त नगरपालिका–६ मा वडाध्यक्षको पद रिक्त छ । ती स्थानमा मंसिर १६ गते उपनिर्वाचन भइरहेको छ।

Read More