काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए। हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए। बरामद भएको सुन दर्जी आफैले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ। सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो। सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन्। सीआईबी स्रोतका अनुसार त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन्। राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। ब्यूरो स्रोतका अनुसार पोखराबाट पनि फाइल मगाएर अध्ययन गर्न लागिएको छ। ‘सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि…
धनगढी : कैलालीमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ। जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खवर गरेपछि प्रहरी घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको जानकारी दिए।
धनगढी: मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेपाल विद्यार्थी संघ धनगढीले सहयोग गरेको छ। आज (आइतबार) नेविसंघले चिसोको मौसमलाई मध्यनजर गर्दै दाउरा र केही थान कपडा सहयोग गरेको हो। नेविसंघ धनगढीका सभापति दिपेश बोहराले चिसोमा केही राहत होस् भनेर सहयोग गरेको बताए।
डडेल्धुरा : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन्। आज (आइतबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए।
काठमाडौं : दाङमा बहुविवाह गरेकामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकल रूपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन्। रासस
काठमाडाैं: नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्। उनले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए। एमबीबीएस पढ्न नाम निकालेका शिविकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ। आलेकाे सहयाेगले शिविकाे पढाइमा सहायता पुग्ने रावलले बताए।
जनकपुरधाम- जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जाने भनिएको विशेष रेल रद्द भएको छ । भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए । उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि आज बिहान साढे ६ बजे विशेष रेल जाने तयारी भएको थियो । तर, रेल नजाने भएपछि श्रद्धालुहरू निराश बनेका छन्।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्। अफ्रिकी राष्ट्र युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।
धनगढी : बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र ‘हनुमान’ प्रदर्शनीमा आएको छ ।तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो । यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ ।फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण विपक्षीबाट आफन्तको स्वोर्गारोहण पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि समेटिएको छ ।त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको…