Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलाली र कञ्चनपुरबाट नौं लाख बढीको सामान बरामद गरिएको छ। आइतबार कैलाली जिल्लाको ििभन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरका विभिन्न स्थानबाट ५ लाख ६३ हजार बढीको सामान बरामद गरिएको हो। भारतबाट भन्सार छलेर ल्याइएका प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी, उनीकोट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। सबै सामान बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। भन्सार छलेर सामान ल्याउने भने कोही पक्राउ परेका छैनन्। यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर,…

Read More

कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ। महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो। “स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए। धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनका नाममा पत्र काट्दै स्पष्टीकरण सोधेको छ। धनगढी–५ हसनपुरमा रहेको सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सीमित व्यक्तिको हालीमुहाली भएको गुनासो आएपछि उपमहानगरले विषयवस्तु स्पष्ट पार्न पत्र लेखेको हो। उपमहानगरपालिकाले पाँच बुँदामा पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। पत्रमा नृपबहादुर वड विद्यायल सञ्चालक समितिको अध्यक्ष हुने आधार र योग्यताबारे स्पष्ट पार्न निर्देशन दिइएको छ। वड अघिल्लो कार्यकालमा विद्यालय सञ्चालक समितिको अध्यक्ष हुँदा नगर शिक्षा ऐन र संघीय शिक्षा ऐनले स्पष्ट गरेको काम कर्तव्य र अधिकार पालना गर्न गराउन चुकेको विषय पत्रमा उल्लेख छ। सञ्चालक समितिले विद्यालयको चल÷अचल सम्पत्तिको सुरक्षा गर्नुपर्ने दायित्व…

Read More

धनगढीः कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्। साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर स्थित ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा शर्मासहित ८ जना जुवाडे पक्राउ परेका हुन्। यी आठ जनालाई नगद २७ हजार ५५० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी कास्की घर भई हाल अछामको मंगलसैन नगरपालिका–५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा मंगलसैन नगरपालिका–४ बस्ने २७ वर्षीय कमलबहादुर शाहीसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। ६ जनालाई नगद ६९ हजार ६५५, मोबाईल ७ थान…

Read More

डडेल्धुरा: न्याय परिषषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ। १६ मंसिरमा हुने उपनिर्वाचनका लागि न्याय परिषदले मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ। जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। सुदूरपश्चिममा जनप्रतिनिधिको निधनपछि पाँच पद रिक्त छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर र भीमदत्त नगरपालिका–६ मा वडाध्यक्षको पद रिक्त छ । ती स्थानमा मंसिर १६ गते उपनिर्वाचन भइरहेको छ।

Read More

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले लाखौंका अवैध कभर बरामद गरेको छ। आइतबार जिल्लाको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट लाखौंका कभर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीका अनुसार सुरक्षा वेश मझगाउँ कञ्चनपुरले १५ लाख रुपैयाँ बराबरको वेवारिसे अवस्थामा राखेको करिव ५ हजार थान मोवाईलका कभर बरामद गरेको हो। बरामद गरिएका कभर थप कारबाहीका लागि भन्सार पठाइएको जनाइएको छ।

Read More

काठमाडौँ: नेपाल प्रहरीका एसपी नवराज कार्कीलाई सुदूरपश्चिम पठाइएको छ। उनलाई हेडक्वाटर नक्सालले प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम धनगढी पठाइएको हो। उनी आज धनगढी आइपुगेको स्रोतको भनाई छ। कार्की उनै एसपी हुन्, जो केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय मोरङबाट कारबाहीस्वरुप तानिएका थिए। प्रहरी प्रधान कार्यालयले उनलाई तानेर त्यहाँ एसपी नारायण प्रसाद चिमोरियालाई पठाएको थियो। अहिले उनै कार्कीलाई सुदूरपश्चिम पठाइएको हो। जबकी उनी छानबिनको दायरामा तानिएका थिए। उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका थिए। उनले क्रिप्टोकरेन्सीको कारोबार गर्नेसँग रकम…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बास्तोलाले अनिवार्य अवकाशप्राप्त गरेका हुन्। उनी प्रहरी शिक्षालय भरतपुरमा प्रमुख थिए। उनी उमेर हदका कारण अवकाशमा गएका हुन्।बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त ८ पदमा बढुवाका लागि बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

Read More

काठमाडौं: नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ। झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ। त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए। र, यो पनि: अनुमति एक्स्पायर भएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’

Read More