Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।  मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।  उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।  दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

Read More

कैलाली : कैलालीमा यो वर्ष आलु उत्पादन बढेको छ। यो बर्ष ६ प्रतिशतले उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष चार हजार ५१२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार ७६० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए । उनका अनुसार यो वर्ष चार हजार ५८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार १३० मेट्रिक टन  उत्पादन भएको छ। गत वर्षको तुलनामा यो वर्ष चार हजार ३७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए। उनले यो वर्ष थोरै क्षेत्रफल पनि बढेको , आलु उत्पादनमा मौसमले पनि प्रभाव पारेको र…

Read More

काठमाडौं : नेपाली भूमिमा हिँड्न मिल्ने बाटो नहुँदा सुदूरपश्चिम प्रदेशको दार्चुलाको व्यास गाउँपालिकास्थित वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ। दुई वटा छिमेकी देश भारत र चीनसँग सीमा जोडिएका नेपालका दुई गाउँ पुग्ने गोरेटो बाटो विग्रिएको एक दशक हुनलाग्दा पनि मानिस हिँड्न मिल्नेगरि मर्मत हुन सकेको छैन। पालिका केन्द्रबाट वडा नम्बर १ अर्थात् छाङरु र टिंकर जान स्थानीयले भारतको बाटो प्रयोग गर्दै आएका छन्।  छाङरु र टिंकर करिव तीन किलोमिटर वरपर छन्। तर, पालिका केन्द्रबाट छाङरु र टिंकरसम्मको दूरी करिव ४० किलोमिटर रहेको पालिकाका सूचना प्रविधि अधिकृत शिवराज बडूले बताए…

Read More

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।  नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । 

Read More

काठमाडौँ : काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए। 

Read More

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्‍याएको हो। पक्राउपछि सिरोहियालाई गाडीमा बीपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्‍याइएको हो। कार्यकक्षबाटै पक्राउपछि आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइएको थियो।

Read More

काठमाडौं : नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम ९४० अनुसार प्रकाशित गरिएको छ । बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् । बढुवा सुचिको पहिलो नम्बरमा अवरेन कुमार राय छन् । ssi_7176-1Download

Read More

काठमाडौं : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ । अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । त्यही आरोपमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ । विशेष अदालतले रोहितमान प्रधानलाई…

Read More

काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएसँगै खाली भएको एसएसपी पदमा पनि बढुवाको गृहकार्य भएको छ । बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा अब चार एसएसपी दरबन्दी रिक्त हुने भएको छ । रिक्त चार एसएसपीको दरबन्दीमा बढुवाका लागि गृहकार्य सुरु गरिएको छ । गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन् । एसएसपी बढुवाका…

Read More

काठमाडौं : नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा गरेको हो । साथै उनीहरुलाई सईबाट वरिष्ठ सईमा बढुवापछि पदस्थापन पनि गरिएको छ । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ । ssi_7176Download

Read More