कैलाली : कैलालीको विभिन्न स्थानबाट एकै दिन दुई महिलासहित ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी ईकाइबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्। यी हुन् पक्राउ पर्नेहरु १. बहु बिहाह मुद्धामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१२ का २९ वर्षीय दिलबहादुर थापा २. लागुऔषध मुद्धामा १६ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय शम्भु सेवा ३. लागुऔषध मुद्धामा ११ दिन कैद सजाए तोकेका…
Author: महेन्द्रनगर पोष्ट
बझाङ : बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। हिजो बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडिको टायर निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो। साँझ ६:३० बजे भएको दुर्घटनामा परी बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन्। उनीहरु दुवै जनाको बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ। सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक…
काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारी मुक्त गर्न निर्देशन दिदै सामाजिक विकास समितिले मन्त्रालयलाई पत्र पठाएको छ । प्रदेशका चार अस्पतालमा एकीकृत फोहर व्यवस्थापन प्रणाली जडान गर्न उपकरण खरिदका लागि आपुर्ति केन्द्रले अघि बढाएको प्रक्रिया नमिलेको भन्दै छानबिन गरिरहेको समितिले सामाजिक विकास मन्त्रालयलाई सोमबार उनलाई हटाउन पत्राचार गरेको हो । मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले पत्र प्राप्त भएको बताउँदै मन्त्री बाहिर भएकाले त्यसबारे अध्ययन र छलफल हुन बाँकी रहेको बताए । मन्त्री फर्किएपछि मात्र पत्रबारे छलफल अघि बढाइने उनी बताउँछन् । सामाजिक विकास समितिले आइतबार आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्यालमाथि एकीकृत फोहर व्यवस्थापन…
काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । उनीहरुको ठाउँमा नयाँ टोली समेत पठाइसकिएको छ । सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् । निषेधित क्षेत्र…
महेन्द्रनगर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा अख्तियार पसेको छ। माफियाको कब्जामा परेको महाकालीको ठेक्काबारे महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन गर्ने भएको हो। अख्तियार स्रोतले छानबिन थालिएको र रोयल्टीको ठेक्का प्रक्रिया, मापदण्ड र राजस्व छली सबै कोणलाई अनुसन्धान गरिरहेको जनाएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्का हत्याउने र ठेक्कामा भ्रष्टाचारी ठहरिएकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको थियो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको थियो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७…
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाडौंको भ्रमण गरेका छन । भौतिक पुर्वाधार विकास मन्त्रालयले देउवाले मन्त्री भएपछि २०७९ सालको फागुन २१ गते देखि २०८० सालको पुसको ८ गतेसम्म १५ पटक काठमाडौंको भ्रमण गरेको तथ्यांक दिएपनि मन्त्री देउवा माघको १८ गते पनि काठमाडौं उडेका छन । ‘माघको महिना पनि मन्त्री ज्यु काठमाण्डौं जानु भएको छ । मन्त्रालयको विवरणमा त्यो छुट्यो होला’ मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले भने । उनले माघको १८ देखि २१ गतेसम्म मन्त्री देउवा काठमाडौं गएको स्वीकार गरे । मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको काठमाडौं भ्रमणको…
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले छ जना खेलाडीलाई मासिक एक लाख तलब दिने भएको छ । क्यानले पुरुष र महिला खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजनिक गर्दै तलब स्केल तोकिएको जनाएको छ । अस्ति र आज बसेको क्यानको बोर्ड बैठकले पाँच वटा ग्रेड निर्धारण गरेको छ । जस अन्तर्गत ‘ए’ ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् । उनीहरुले अबदेखि मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । त्यस्तै ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा परेका छन् । उनीहरुले मासिक ७० हजार रुपैयाँ तलब…
विराटनगर : मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने भएका छन् । विराटनगरमा आज संसारकर्मीहरूसँगको एक कार्यक्रममा उनले तत्काललाई सादा पोसाकका प्रहरी नराख्ने बताएका हुन् । सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिदिएका छन् । फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हाले लगत्तै सादा पोसाकमा खटिएका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवलदार सुदर्शन कालाखेती, प्रहरी जवानहरू चुँडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका हुन् ।…
काठमाडौं : भजन शिरोमणि एवम् वरिष्ठ गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई उपचारका निम्ति ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको बताइएको छ । गायक आचार्यको शव भोलि अन्त्येष्टी गरिने जानकारी दिइएको छ । त्यसअघि भोलि बिहान स्वर्गीय आचार्यको शवलाई संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले बताएको छ । २०४६ सालमा आचार्यमाथि बौद्धमा आक्रमण भएपछि टाउकोमा गम्भीर चोट लागेको थियो । २०४९ सालमा उनको जिब्रोमा खटिरा देखियो र सोही कारण २०५० सालमा क्यान्सर पुष्टि भएपछि उनले गायनबाट विश्राम लिएका थिए । उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘सबै…