काठमाडौं: काठमाडौंको नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित युवक पक्राउ परेका छन्।
कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन्।
बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई पक्राउ गरिएको हो।
सुनकाे तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box