दार्चुला: सोमबार राति दार्चुलाको ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा चालक गम्भीर घाइते भएका छन्। ब्यास गाउँपालिका–३ गल्था नजिक सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स तिंकर सडकबाट करिब १५० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार चालक बिरा डडाललाई गम्भीर चोट लागेको छ। घाइते डडाललाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याइए पनि अवस्था गम्भीर भएपछि भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जानकारी दिएको छ। एम्बुलेन्स गाउँपालिकाको केन्द्र सुन्सेराबाट गल्था फर्किने क्रममा दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी छ। यस्तै बझाङमा जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर जिपको ठक्करबाट घाइते भएकी छन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक र्याफ्टिङ (जलयात्रा) को औपचारिक सुरुवात गरिएको छ। परशुराम नगरपालिकामा सम्पन्न दुई दिने मेयर सम्मेलनको समापनपछि जलयात्रा सुरु गरिएको हो। परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार निजी क्षेत्रको सहकार्यमा नगरपालिकाले महाकाली नदीमा र्याफ्टिङ सञ्चालन गरेको हो। मेयर जोशीले नगरपालिकासँग हाल दुई वटा र्याफ्ट रहेको जानकारी दिँदै जलयात्रा प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र जारी गरिएको बताए। घोषणापत्रमा डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त, बैतडीको दशरथ चन्द, र दार्चुलाको महाकाली नगरपालिकाले जलयात्रा सञ्चालन र दिगो विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। नौं वर्षअघि परीक्षण, अब व्यवसायिक सुरुवातमहाकाली नदीमा र्याफ्टिङको सम्भाव्यता परीक्षण विश्व पानी दिवसको अवसरमा…
धनगढी: बैतडीमा १६ लाख १६ हजार रुपैयाँ बराबरको अवैध बिडीसहित एक युवकलाई पक्राउ गरिएको छ। सुर्नया गाउँपालिका वडा नम्बर ६ को सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगामा से १ ज २४१ नम्बरको बोलेरो जिप चेकजाँच गर्दा भारतबाट भन्सार छलि गरि ल्याइएको १६ लाख १६ हजार बराबरको दिलखुस नामक बिडी १६ पेटी बरामद गरिएको छ। जिप चालक सुर्नया गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय हरीश बिष्टलाई पनि पक्राउ गरिएको छ। अवैध सामान आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं: बुधबार काठमाडौं उपत्यकासहित देशभरका ६ सहर अस्वस्थकर बनेका छन्। पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा ती सहर अस्वस्थकरको सूचीमा परेका हुन्। वातावरण विभागका अनुसार, उपत्यकाका रत्नपार्क र खुमलटार, कैलालीको धनगढी, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ। सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ। रत्नपार्कमा १५८ छ। यस अवधिमा धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ। रत्नपार्कमा यो मात्रा ८६.५ पुगेको थियो। पीएम २.५ का हिसाबले भने बुधबार बिहान रत्नपार्क सबैभन्दा बढी प्रदूषित भएको पाइएको छ। त्यहाँ बिहान ८ बजे पीएम २.५…
काठमाडौँ: नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो। सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी दिइएको छ। ललितपुर परिसरका एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा पठाइएको छ। त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा सरुवा गरिएको छ। अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ। सरुवा भएका एसएसपीहरूले चाँडै…
काठमाडौं: काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङलाई पठाइएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तामाङलाई सरकारले निर्णय गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा नियुक्त गरेको हो। उनी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई रानीपोखरी सरुवा गर्ने निर्णय गरेको हो। यसअघि सो पदमा रहेकी एआईजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनको अवकाशपछि रिक्त रहेको पदमा तामाङलाई जिम्मेवारी दिइएको हो। एआईजी तामाङले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीको शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको छ। काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड…
काठमाडौं: नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ। ‘एक्सरसाइज सूर्य किरण’ को दुई हप्ते १८औं संस्करण आजदेखि रूपन्देहीको सालझण्डीमा प्रारम्भ भएको जनाइएको हो। नेपाली सेनाको ब्याटल स्कुलमा पुस २९ गतेसम्म चल्ने उक्त अभ्यासमा विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषय समावेश गरिएको नेपाली सेनाले जनाएको छ। साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन,…
काठमाडौं: यात्रुवाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ। सर्लाहीको बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गए राति बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्री बस बजारिएको थियो।तीव्र गतिमा रहेको उक्त बस पल्टिएर तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं: नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढी भएको खुलेको छ। लोक सेवा आयोगद्वारा लिइएको उक्त परीक्षाको नतिजामा त्रुटि भएको भन्दै मंगलबार संशोधित सूचना प्रकाशित गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा त्रुटि भएको जानकारी दिएको हो। संशोधित सूचनामा २६ जना उम्मेदवारहरूको नाम समावेश गरिएको छ। सूचनामा भनिएको छ, “नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लोक सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. र नाम भएका उम्मेदवारहरूको नामावली समावेश गरी…
धनगढी: बझाङको थलारा गाउँपालिका-९, आमबगर टोलमा एकै परिवारका आमा र छोरीको निधन भएपछि गाउँ शोकमा डुबेको छ। शनिबार लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी ४५ वर्षीया पञ्चमाला जोशीको माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको थियो। मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला यो दुर्घटना भएको हो। आमाको निधनको खबर पाएपछि धनगढीमा अध्ययनरत उनकी छोरी रोहिणी जोशी आइतबार बिहान घर पुगेकी थिइन्। शव देख्नासाथ बेहोस भएकी रोहिणीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई आफन्तहरूले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। यो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा…