धनगढी : नेकपा एमालेको धनगढी उपमहानगर कमिटिको अध्यक्षमा अम्बिका विष्ट मल्ल विजयी भएकी छन् । बिष्ट धनगढी उपमहानगरपालिका कमिटिको नेतृत्वमा पुग्ने पहिलो महिला समेत बनेकी छन् । बिष्ट कमलसिंह राना र मदन रेग्मीलाई पराजीत गर्दै अध्यक्षमा विजयी भएकी हुन् । कुल खसेको सदर मतमध्ये बिष्टले १२८ मत पाएकी छन् भने अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत मात्रै प्राप्त गरेका हुन । उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी विजयी भएका छन् । उपसचिवमा सरस्वती चन्द र जनक बुढा निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ । एमालेको नयाँ नेतृत्व चयनका…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेकपा एमालेको धनगढी उपमहानगरपालिका कमिटीको सदस्यमा युवा नेता आयुश ओली निर्वाचित भएका छन्। उनी सर्वाधिक मतसहित पालिकातर्फबाट निर्वाचित भएका हुन्। हिजो सम्पन्न नेकपा (एमाले) धनगढी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशनबाट उनी नगर सदस्यमा निर्वाचित भएको बताइएको छ। धनगढी उपमहानगरपालिका २ घर भएका उनी राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीको सहसचिव पनि हुन्। उनी युवाहरुमाझ लोकप्रिय छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् । बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं : कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा वृद्धको मृत्यु भएको छ। विशालनगरस्थित गल्ली नं ६ मा सोमबार राति आएको हावाहुरीले रुख ढाल्दा ७० वर्षका दलु पुरीको ज्यान गएको हो । रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । नेपालले टी-२० विश्वकप अन्तर्गत आज राति ९: १५…
बाजुरा: बाजुरामा बहुबिवाह सम्बन्धी कसुर मुद्धामा अदालतले दोषि ठहर गरेपछि फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ जिल्लीका २८ बर्षिया मन बहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलिले बिकलाई उनकै घरबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत बाजुरामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । फरार रहेका विकलाई जिल्ला अदालत बाजुराले २०७९ असार २९ गते बहुबिवाह सम्बन्धी कसुर मुद्धामा ११ महिना ७ दिन कैद र दश हजार जरिवाना तोकेको थियो ।
धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्गमा पुर्वदेखि पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकले घोडाघोडी नगरपालिका-४ भालुफटामा ठक्कर दिदा सोही ठाउँ बस्ने ५१ वर्षीय पैदलयात्री नरबहादुर धामीको मृत्यु भएको हो। मोटरसाईकलले ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए। धामीको घोडाघोडी अस्पताल सुखड पछि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका मोटरसाईकल चालक घोडाघोडी नगरपालिका-४ का ४५ वर्षीय टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ : भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । सबै ५४२ लोकसभा सिटहरूको मतगणनामा पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका छन । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ। नतिजासँगै भारतमा अर्को सरकार…
काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक मंगलबार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सक्ने…
काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित…