धनगढी : कञ्चनपुरमा तत्कालीन नेकपा माओवादीका लडाकु पूर्वजनमुक्ति सेना, सहिद, घाइते एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–३ नम्बर वडाले पूर्वजनमुक्ति सेना, सहिद एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो। सोमबार कृष्णपुर नगरपालिका–३ ले पूर्वजन सेना, सहिद परिवार, घाइते र बेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरेको हो। कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पूर्वजनमुक्ति सेना, सहिद परिवार, घाइते र बेपत्ता योद्धाको महत्वपूर्ण भूमिका भएकाले सम्मानस्वरूप एक–एक उन्नत जातका बाख्रा प्रदान गरेर सम्मान गरिएको बताए। वडाध्यक्ष चौधरीका अनुसार पूर्वजनमुक्ति सेना नौ, सहिद परिवार ६ र बेपत्ता एक परिवारलाई बाख्रा र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-७ सुनकुडामा रहेको पुष्पान्जली सहकारीका अध्यक्ष रघुनाथ जोशीलाई बचतकर्ताहरुले दिनदिनै कुट्ने गरेका छन्। बचतकर्ताहरुले आफ्नो रकम हिनामिना गरेको भन्दै अध्यक्षमाथि दिनदिनै गालीगलौच र हातपात गर्ने गरेका हुन् । रघुनाथ माओवादी केन्द्र बझाङका स्थानीय नेता हुन्। उनले माओवादी कार्यकर्ताहरू जम्मा गरेर बनाएको पुष्पान्जली सहकारीमा झण्डै २२ लाख बढी हिनामिना गरेका छन्। रघुनाथले सहकारी हिनामिना गरेपछि, जिल्ला मालपोत कार्यालयले उक्त संस्थाका १७ जना पदाधिकारीहरूको घरजग्गा रोक्का गरेको छ। सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग २०७५ चैत २८ गते ५० लाख कर्जाको सम्झौता भएको थियो। उक्त कर्जा लिनका लागि सञ्चालक समितिका पदाधिकारीहरूले घर जग्गा धितो राखेका थिए। सम्झौतापछि…
धनगढी : कैलालीका १३ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ । ती मध्ये धनगढीमा भएको एमाले पालिका अधिवेशन मार्फत महिला नेतृत्व निर्वाचित भएको छ । धनगढी उपमहानगरपालिकामा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी, उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका हुन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी हो । यो संगै एक मात्र महिला अध्यक्ष विष्ट हुन्…
धनगढी : नेकपा एमालेको धनगढी उपमहानगर कमिटिको अध्यक्षमा अम्बिका विष्ट मल्ल विजयी भएकी छन् । बिष्ट धनगढी उपमहानगरपालिका कमिटिको नेतृत्वमा पुग्ने पहिलो महिला समेत बनेकी छन् । बिष्ट कमलसिंह राना र मदन रेग्मीलाई पराजीत गर्दै अध्यक्षमा विजयी भएकी हुन् । कुल खसेको सदर मतमध्ये बिष्टले १२८ मत पाएकी छन् भने अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत मात्रै प्राप्त गरेका हुन । उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी विजयी भएका छन् । उपसचिवमा सरस्वती चन्द र जनक बुढा निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ । एमालेको नयाँ नेतृत्व चयनका…
धनगढी: नेकपा एमालेको धनगढी उपमहानगरपालिका कमिटीको सदस्यमा युवा नेता आयुश ओली निर्वाचित भएका छन्। उनी सर्वाधिक मतसहित पालिकातर्फबाट निर्वाचित भएका हुन्। हिजो सम्पन्न नेकपा (एमाले) धनगढी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशनबाट उनी नगर सदस्यमा निर्वाचित भएको बताइएको छ। धनगढी उपमहानगरपालिका २ घर भएका उनी राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीको सहसचिव पनि हुन्। उनी युवाहरुमाझ लोकप्रिय छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् । बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं : कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा वृद्धको मृत्यु भएको छ। विशालनगरस्थित गल्ली नं ६ मा सोमबार राति आएको हावाहुरीले रुख ढाल्दा ७० वर्षका दलु पुरीको ज्यान गएको हो । रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । नेपालले टी-२० विश्वकप अन्तर्गत आज राति ९: १५…
बाजुरा: बाजुरामा बहुबिवाह सम्बन्धी कसुर मुद्धामा अदालतले दोषि ठहर गरेपछि फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ जिल्लीका २८ बर्षिया मन बहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलिले बिकलाई उनकै घरबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत बाजुरामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । फरार रहेका विकलाई जिल्ला अदालत बाजुराले २०७९ असार २९ गते बहुबिवाह सम्बन्धी कसुर मुद्धामा ११ महिना ७ दिन कैद र दश हजार जरिवाना तोकेको थियो ।
धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्गमा पुर्वदेखि पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकले घोडाघोडी नगरपालिका-४ भालुफटामा ठक्कर दिदा सोही ठाउँ बस्ने ५१ वर्षीय पैदलयात्री नरबहादुर धामीको मृत्यु भएको हो। मोटरसाईकलले ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए। धामीको घोडाघोडी अस्पताल सुखड पछि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका मोटरसाईकल चालक घोडाघोडी नगरपालिका-४ का ४५ वर्षीय टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।