काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकिन्द्र कुँवर सम्मानित भएका छन्। उनलाई हिजो राजधानीमा आयोजित एमाले पर्यटन विभागको कार्यक्रममा सम्मान गरिएको हो। महाराजगञ्जस्थित अमेरिकी राजदूतावास नजिकैको रोयल दरबार रेष्ट्रोमा एमाले नेता भीम आचार्य प्रमुख रहेको पर्यटन विभागले पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा कुँवरलाई ओलीले सम्मान गरेका हुन्। ओलीले मस्टो आउटडोर्स प्रालिका संचालकसमेत रहेका कुँवरलाई नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सम्मान गरेका हुन्। सम्मानपछि कुँवरले प्रतिक्रिया दिदै आफ्नो फेसबुकमा-भ्रममा नपर्नुहोला फेसबुकमा ओली प्रवृतीको रचनात्मक आलोचना गरेबापत होइन, नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको मस्टो आउटडोर्स प्रालिको संचालकका हैसियतले अध्यक्ष कम्रेड ओलीबाट सम्मान पत्र…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन्। अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चर पुलमा फसेका थिए। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामबाट चामल लिन दैलेख आउँदै गर्दा पुलमा फसेका थिए। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्धार गर्न परिचालन गरिएको छ,’ उनले भने, ‘विकट स्थान र घटनाबारे आज बिहान ११ बजेमात्रै खबर आइपुगेको थियो।’ अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी…
काठमाडौं: नेपाली सेनाका एक जना पूर्व जर्नेलमाथि बलात्कारको आरोप लागेको छ।केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठमाथि सो आरोप लागेको हो। श्रेष्ठले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरीमा जाहेरी पनि दिएको बताइएको छ। उनले जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको बताइन्। यस्तै उनले प्रहरी र जर्नेलविरुद्ध आज रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदेखि पत्रकार सम्मेलन गर्ने पनि जनाएकी छन्। जर्नेल श्रेष्ठले कलाकार एवं निर्माण व्यवसायी खत्रीलाई अभिभावकत्व निर्वाह गर्ने भनेर शारीरिक सम्बन्ध राख्दै छोडेको बुझिएको छ। जर्नेलले गत कात्तिकमा उनले अन्तिम पटक जबरजस्ती करणी गरेको उनले बताएकी छन्।
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
धनगढी: अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ। आज (आइतबार) पुल चुँडिएकोमा आवतजावत अवरुद्ध भएको हो। प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प छ। अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको उद्धारको तयारी थालेको जनाएको छ।
विराटनगर : मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका प्रहरीले जनाएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् । केही दिन अगाडि निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले…
काठमाडौं: युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो । जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो। युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो। युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन…
काठमाडौं : प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । विनियोजन विधेयकमाथि अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित…
काठमाडौं : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन । समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ । समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ । भारत रोहित शर्मा र…
काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची रहेको छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने छ । प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन । भने सांसद अमरेशकुमार सिंहले…