विराटनगर : मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।
रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका प्रहरीले जनाएको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् ।
केही दिन अगाडि निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।
विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाइ पक्राउ गरेको थियो ।