Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका २७२ प्रहरी जवानहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप समूहमा नयाँ नियुक्ती भएका प्राविधिक प्रहरी जवानहरुको सरुवा गरिएको हो । प्रहरी जवानहरूलाई जेष्ठ महिना देखिको तलव, भत्ता तथा राशन समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ । cn_6927Download

Read More

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ…

Read More

काठमाडौँ :  संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।  संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए । आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् । कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं…

Read More

 धनगढी : सुदूरपश्चिम प्रदेश र एपिएफले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले कोशी प्रदेश र एपिएफले वागमती प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकालेका हुन् । यता, कोशी र वागमतीको भने यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले कोसीलाई १९ रनले हराउँदा एपिएफले वागमतिमाथि आठ विकेटको रबाफिलो जित निकाल्यो । पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर–११ र एपिएफले कोसीलाई हराएको थियो । कुल पाँच टोली सहभागी प्रतियोगितामा समान दुई खेलबाट दुई जित निकाल्दै सुदूरपश्चिम र एपिएफले फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् । सोमवारको पहिलो खेलमा वागमतीले…

Read More

धनगढी : कैलाली कञ्चनपुरका कार्यरत नेपाल प्रहरीका इन्चार्जहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र केसीले निर्देशन दिएका छन् । प्रदेश कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा अहिलेको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै आगामी दिनमा आउने सुरक्षा चुनौती तथा समाधानका विषयहरुमा निर्देशन दिएका हुन । डीआइजी केसी शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निस्स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील भएर काम गर्न निर्देशन दिएका छन् । यस्तै अवैध क्रियाकलापहरु रोकथाम तथा तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, आर्थिक अनियमिततामा शुन्य सहनशीलता आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।

Read More

काठमाडौं : अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग…

Read More

काठमाडौं : भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो । सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । एनएचपीसीले १ हजार ६ सय ८० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ । तीन परियोजनामध्ये सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ । भारतको एक्जिम बैंकबाट ऋण लिएर बनाइने परियोजनाको लागत २० अर्ब…

Read More

धनगढी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ। वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

Read More