Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा चट्याङ लागेर ४ जना घाइते भएका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ थाम्कामा मंगलबार साँझ ७ बजेको समयमा चट्याङ लागेर ४ जना घाइते हुनुका साथै एउटा घर जलेर नष्ट भएको र एउटा भैंसी पनि मरेको छ । घाइते हुनेमा खप्तडछान्ना ७ बस्ने बर्ष ४९ की बेलु देवी खड्का, सोहि ठाउँ बस्ने फिट्टु खड्काका छोरा बर्ष ८ का योगेन्द्र खड्का, लुड्की देवी खडका, दुधा रावत र ललित रावत रहेका छन् । उनीहरु सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्लयका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । साथै चट्याङ लागेर आईते रावतको एउटा भैंसी मरेको छ भने एउटा घर समेत जलेर पुर्ण…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी भएको छ । मंगलबार साँझ बझाङ प्रहरीको परिसरमा भीषण आगलागी भएको हो । जिप्रकाको माथिल्लो स्थानमा आगलागी भएको डीएसपी भरत शाहले जानकारी दिए। जिप्रकामा भने कुनै क्षति नभएको उनको भनाई छ। आगलागीबाट अहिलेसम्म जिल्ला प्रहरी कार्यालमा कुनै क्षति नभएको बताइएको छ । आगलागीबाट नियन्त्रणको प्रयास भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ : सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ । ‘‘ संसदीय दल सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको वक्तत्वमा भनिएको छ । उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता…

Read More

काठमाडौं : अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ लगेका थिए । पहिले ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । पीडित चार युवा नेपाल फर्किएपछि फेरि उनीहरूलाई अमेरिका पठाउने भन्दै दिल्ली पुर्‍याइ २ महिनासम्म राखिएको खुलेको अपराध अनुसन्धान…

Read More

धनगढी : महेन्द्रनगर नगर विकास समितिको ५ सय ७२ रोपनी सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ। विशेष अदालत काठमाडौँले उक्त जग्गा हिनामिना गर्ने कार्यमा संलग्न भएको भन्दै केही व्यक्तिलाई दोषी ठहर समेत गरेको छ । विशेषले उनीहरूलाई कैद, बिगो तथा जरिवाना समेत गर्ने फैसला सुनाएको छ। सोमबार विशेषले पल्टु रानासहितलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । रानासहित पुष्पराज भट्ट, महनदेव भट्ट र तुलान्त जोशी समेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम कसुरमा दोषी ठहर गरेको हो । सोही ऐन बमोजिम उनीहरूलाई जनही १ वर्ष ६ महिना कैदको सजाय समेत सुनाएको छ। त्यस्तै विशेषले कान्तुराम पनेरु, चन्द्रप्रसाद…

Read More

काठमाडौँ : बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको आफूलाई फसाइएको जिकिर गरेका छन्।  जिल्ला अदालत काठमाडौँबाट ८ वर्ष जेल सजाय सुनाइएका उनले आफू धेरै मौन बसेको भन्दै मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेखेका छन्। ‘…म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो ती तथाकथित अभियन्ताहरूलाई सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्– मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो…

Read More

काठमाडौं : विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै त्यति नै रकम जरिवाना असुल्नुपर्ने फैसला सुनाएको हो । ७ वैशाख २०८१ मा विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणालीको अनियमिततामा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको हो । भ्रष्टाचार मुद्दा लागेका सचिव मधुकुमार मरासिनीसहित ६ जनाले सफाइ पाएका थिए । भ्रष्टाचार मुद्दा लाग्दा पौडेल नेपाल टेलिकमका प्रबन्ध निर्देशक थिए । केही साताअघि मात्रै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा…

Read More

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौती देखिएको बताए । तर, समाधान नै गर्न नसकिने प्रकारका कुनै चुनौती नरहेको उनले स्पष्ट पारे । उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानका आधारमा केही घटना हुने गरेको उल्लेख गरे । ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका उनले बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर…

Read More

कामठाडौँ : मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी दिए । वर्षा…

Read More

काठ्माडौं : ​कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र…

Read More