Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। आफ्नै घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेर धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको मृत्यु भएको हो। रुखबाट लडेर गम्भिर घाईते भएकि बोहरालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

Read More

कंचनपुर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे । ‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ‘जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए। उनले इमान्दार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे। उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यवद्धता जनाउन आग्रह पनि गरे। उनले नेपाली समाजको विशेषता र सामाजिक…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो । कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो । यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो । यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

Read More

काठमाडौं : ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।  शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् । पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन् बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ ।

Read More

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया मौसम सफा छ। महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको…

Read More

बैतडी : दाङका एक युवक बैतडीमा मृत फेला परेका छन्। भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्ती मगर बैतडीको पाटन नगरपालिका-६ को मुख्य बजार नजिक मृत फेला परेका हुन्। सरसरफाइको काम आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी : शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम युटिएलको टावर जोखिमयुक्त अवस्थामा रहेको छ। बाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो। छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए।  उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी…

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय डोटीले हातहतियार नवीकरण गर्न आग्रह गरेको छ । ३५ दिनको समयसीमा दिँदै प्रशासनले इजाजत प्राप्त हातहतियार नवीकरण गर्न भनेको हो ।  विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति तथा संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपयले नगराएको देखिएको प्रशासनले जनाएको छ । आज सूचना जारी गर्दै प्रशासनले तोकिएको समयभित्र हतियारको इजाजत प्राप्त व्यक्ति स्वयं उपस्थित भएर नवीकरण गर्न सूचित गराएको छ ।  ‘जिल्लाबाट हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति–संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति–संस्थाले तोकिएको समयभित्र हातहतियारको इजाजतपत्र नवीकरण गरेको यस कार्यालयको हातहतियार अभिलेखमा नदेखिएको हुँदा, यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नवीकरणको…

Read More