धनगढी : बाजुराको बडिमालिका नगरपालिकाअन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदीमै थन्किएको छ । पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको हो । जडाङ्गको बूढीगंगा नदीमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन । बाजुराको मार्तडी–कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा–आटिचौर–मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ । जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखे पनि अन्यत्र लैजाने अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। उनीहरूविरुछ राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पुर्याएको आरोप छ।
काठमाडौं : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको भारतको राजधानी नयाँ दिल्लीमा प्रोस्टेटको अपरेसन गरिएको छ । अपरेसनका लागि सिंह अस्ति दिउँसो नेपाल वायुसेवा निगमको उडानमा त्यता गएका थिए । सिंहको प्रोस्टेट अपरेसन फोर्टिस अस्पतालमा गरिएको सिंह निकट स्रोतले बताएको छ । उनको प्रोस्टेटमा समस्या देखिएपछि केही समयअघि नयाँ दिल्लीको अस्पतालमा गरिएको परीक्षणमा पहिलो चरणको क्यान्सर पुष्टि भएको स्रोतको दाबी छ ।
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकास चौधरी ८० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका हुन्। यस्तै टीकापुर नगरपालिका-१ रिगल चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन साउद ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्। तीनै जनालाई आइतवार लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षको बजेट जनता केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । सोमबार एमाले प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताए । अब सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए । उनले नीति तथा कार्यक्रम कार्यान्वयन नभए आफूहरूको समर्थन वर्तमान सरकारलाई नहुने समेत प्रस्ट पारेका थिए । पूर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता रावलले अहिले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भइरहेको समेत बताए । उनले त्यस्ता बिचौलियाहरूलाई नियन्त्रण गर्न सरकारी संयन्त्रको…
काठमाडौँ : चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए। थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ।
धनगढी : भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परि घाइते भएका जयपृथ्वी नगरपालिका-११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । पाँचै जनाको उपचारको क्रममा मृत्यु…
अछाम : अछाममा जिप दुर्घटना भएको छ। साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जीप साँफेबगर नगरपालिका ८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको छ। दुर्घटना मा ६ जना घाइते भएका छन । ५ जनालाई सामान्य उपचार पछी डिस्चार्ज गरिएको र १ जनाको खुट्टामा बढी चोट भएकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पर्यटन मन्त्री बनाउने तयारी थालिएको छ। उनलाई चाडैं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तयारी थालिएको हो। स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई केही दिनमै मन्त्री नियुक्त गर्नेछन्। कति समय लाग्छ थाहा भएन तर पर्यटन मन्त्रालय दिने भन्ने सहमति भएर सरकारमा जाने तयारी भएको श्रेष्ठले महेन्द्रनगरपोष्टलाई बताइन्। हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन्। उनलाई फिर्ता बोलाएर उनको स्थानमा श्रेष्ठलाई मन्त्री बनाउने तयारी थालिएको हो। श्रेष्ठ रेशमलाल चौधरीकी पत्नी हुन्। केही समयदेखि उनीहरूबीच खटपट भएको कुराले चर्चा पाइरहेको छ।
धनगढीः नापी कार्यालय, कैलालीमा विज्ञापन नगरेरै २० जना कर्मचारी भर्ना गरिएको छ। मालपोत कार्यलय, कैलालीले सूचनासमेत सार्वजनिक नगरेरै करार सेवाबाट कर्मचारी भर्ना गरेको हो। कार्यालयका प्रमुख तथा राजनीतिक शक्तिको आडमा कर्मचारी भर्ना गरिएको हो। नापी कार्यालय, कैलालीमा कम्प्युटर अधिकृत, कम्प्यूटर अपरेटर, सहायक कम्प्यूटर अपरेटसहितका २० जना कर्मचारी करार सेवामा भर्ना गरिएको छ । नापी कार्यालय, कैलालीले तृतीय श्रेणीका कर्मचारीदेखि श्रेणीविहीनसम्म २० जना कर्मचारी करार सेवामा भर्ना गरेको पाइएको छ। नापी कार्यालय, कैलालीमा २० जना कर्मचारीका लागि मासिक रुपमा चार लाख ६७ हजार आठ सय ८९ रुपैयाँ खर्च हुँदै आएको छ। यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार बढीको आर्थिक भार थपिएको…