Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यबसायिक शुन्य सहनशिलताका साथ काम गर्न निर्देशन दिदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् । उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरु समेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाइ अघि बढ्न आग्रह गर्नु भयो । संगठनलाई व्यवसायिक, मर्यादित र जनमुखि बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए । महानिरिक्षक कुँवरले प्रहरीले आफनो आचरण, बोली ब्यबहारलाई संगठनको मर्यादा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ब्रासलेट र औठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनीबाट बरामद भएको छ । पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Read More

धनगढी : कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दालाई सर्वोच्चले फैसलाका लागि पठाएको छ। शुक्रबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको हो । उक्त रिट निवेदनमा सबै पक्षको लिखित जवाफ दर्ता भएकाले पूर्ण सुनुवाईका लागि पठाउने आदेश गरेको हो । अध्यक्ष निर्वाचित भएको तर निर्वाचन आयोगले वैधानिकता नदिएको भन्दै रेशम चौधरी र रामेश्वर चौधरीसहित ६४ जनाले दायर गरेका दुई रिट सर्वोच्च पुगेका थिए । सुरुमा चौधरीले आफूलाई अध्यक्षमा मान्यता नदिएपछि निर्वाचन आयोग विरुद्ध रिट दायर गरेका थिए । उनीपछि रामेश्वर चौधरीहरू पनि आफ्नो वैधानिकता खोज्दै सर्वोच्च पुगेका…

Read More

धनगढी: मलेसियामा शमशेर चन्द लामो समयदेखि सम्पर्कमा नआएको बताइएको छ। करिब ४ वर्षदेखि शमशेर परिवारको सम्पर्कमा नआएको उनकी दिदी पार्वती चन्दले बताइन्। पार्वतीका अनुसार उनका भाइ शमशेर १२ वर्षअघि मलेसिया वैदेशिक रोजगारका लागि गएका थिए। तर, करिब ४ वर्षअघि बुबासँग अन्तिम फोनमा कुरा गरेर सम्पर्कविहीन भएका हुन्। अहिले करिब ४ वर्षदेखि परिवारको कुनै पनि सदस्यसँग सम्पर्कमा आएका छैनन्। पार्वती कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ मा बसोबास गर्छिन्। शमशेर चन्द बैतडीको दशरथ चन्द नगरपालिका ४ चने जर्कका हुन्।

Read More

धनगढी : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।

Read More

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए । पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा तपाईलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ, आगामि दिनमा सुदूर पश्चिम प्रदेशलाई…

Read More

काठमाडौं : ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ । रूखको हाँगा काटेर खसीलाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए । महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख ७ गते सर्वोच्चले अन्य आदेश जारी गरेको  थियो।  वैशाख १४ गते सो मुद्दामा मिसिल झिकाउन आदेश भएको थियो। त्यसपछि वैशाख १८ र २४ गते हेर्न नभ्याइने सूचीमा राखिएको मुद्दामा आज अन्तिम सुनुवाइ भएको हो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।…

Read More

काठमाडौं: आजदेखि चारधाम यात्रा सुरु भएको छ। शुभ साइत हेरेर आजबाट चारधाम यात्रा सुरु भएको हो। जसका लागि आज (शुक्रवार) बाट उत्तराखण्डस्थित केदारनाथ धाम, यमोनत्री र गङ्गोत्रीका ढोका खोलिएका छन्। यस्तै बद्रीनाथको ढोका भने पर्सिसम्ममा खुल्ने जनाइएको छ। गडवाल क्षेत्रका चारधाम धार्मिक महत्वका इतिहास हुन्। आजदेखि चारधाम यात्रा सुरु भएकोमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पहिलो पुजा एवं दर्शन गरेका छन्। धामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा केदारनाथ धाम पुगेर पहिलो पुजा गरेका हुन्।

Read More

काठमाडौं : काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ। पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा झण्डै २५ वर्षका युवकको शव फेला परेको हो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानको लागि कुकुर पनि लगिएको छ। शवको पहिचान हुन सकेको छैन। शवको प्रकृति हेर्दा झण्डै २५ वर्ष जति उमेरको पुरुषको भएको अनुमान गरिएको छ। युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकको २०/२५ दिनअघि नै हत्या भएको…

Read More