काठमाडौं : काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास
आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेको जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको
सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।
काठमाडौँ विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ ।
Facebook Comments Box