Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याल सुखडले जनाएको छ । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् । सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरिएको छ । मृतकका परिवारले घटना शंकास्पद रहेको जिकिर गरे । शाहीलाई उनका…

Read More

धनगढी : त्रिदेशीय सीमा क्षेत्रमा अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग व्यास क्षेत्रका स्थानीयबासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न उनीहरुको आग्रह छ । हेलिकोप्टरमा आज बिहान छाङरुको गागा पुगेका गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग स्थानीयले पैदल बाटोको माग प्रमुखताका साथ उठाएका छन् । तीन वर्षअघि स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङ्रु र गतवर्षदेखि सञ्चालन गरिएको तिंकर बिओपी तथा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु निरीक्षण गर्न उच्च सुरक्षा अधिकारीहरु त्यहाँ पुगेका हुन् । आधा…

Read More

धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो । उनी नेपाली सेनाको जागिर छोडेर रुसी सेनामा गएका थिए । बिष्ट अन्त्यष्टी भोली २७ गते हुने पारिवारिक स्रोतले जनाएको छ ।

Read More

कञ्चनपुर : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति कञ्चनपुरको प्रथम अधिवेशन पुनर्वासमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता एनपी साउँदले आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको बताए । उनले लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व बताए । विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने धारणा राखे । कार्यक्रममा संविधानसभा सदस्य दिवान सिंह बिष्टले कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने बताए । उनले आदिवासी जनजातीको…

Read More

काठमाडौँ : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ। कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गर्न लागेका हुन्। महान्यायाधिवक्ता पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई आधार मानी कानुनी राय दिइसकेका छन्।  संविधानको धारा १८८ को उपाधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने महान्यायाधिवक्ताको रायबमोजिम सूचना जारी गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ ठाउँमा पुराना र नयाँ थुप्रै घाउहरु छन्। गोरु चुटेजसरी कुटेर भतिजलाई मारियो। हिजो दिन र राति पनि कुटेछन्। मरेपछि बिहान अस्पताल लगे,’ मृतकका काका पदमबहादुर शाहीले भने, ‘हामीलाई अस्पतालमा मृत्यु भएपछि खबर पायौँ।’ उनका अनुसार सुधार गृहमा रहेका भतिज सुनिलसँग वैशाख १ गते परिवारको कुराकानी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ। संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ। कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो। सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ।

Read More

काठमाडौं : नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् । मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए । नेपालले देशसञ्चार अनलाइनसँग २३ वैशाखमा भनेका छन्, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सिमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’ यसैगरी उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको…

Read More

काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्दा संविधानको कुन धारा प्रयोग गर्ने भन्ने विषयमा अलमल भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको माग गर्दै साढे ३ बजे पत्र दर्ता गराएका थिए । उक्त पत्रलाई आधार मान्दै बुधबारनै नयाँ सरकार गठनको आह्वान गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको तयारी छ । तर, नयाँ सरकार गठनको आह्वान गर्दा संविधानको कुन धारा र उपधारा उल्लेख गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयमा सुझाव माग गरिएको जनाइएको छ । उक्त कार्यालयबाट सुझाव आइनसकेको कारण सरकार गठनको आह्वान गर्न ढिलाइ भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले…

Read More

काठमाडौं : मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राती सुनसरी जिल्लाको बर्जु गाउंपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो । सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

Read More