धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई धनगढीको उखरमाउलो गर्मीकै बीच हाटखोलीमा प्रकट भएका छन्। धनगढीमा अत्याधिक गर्मी बढेपछि गर्मी छल्न सभामुख भण्डारी शुक्रबार हाटखोली पुगेका हुन्।
पछिल्लो समय कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ। कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न धेरै युवाहरु हाटखोली जाने गरेका छन्।
सोही भिडमा प्रदेश सभा सभामुख भण्डारी जम्भो टोलीसहित हाटखोली पुगेका थिए। सभामुखले जम्भो टोली लिएर हाटखोली पुगेपछि फोटो सुट समेत गरेका छन्। अहिले उनको फोटो भाइरल भैरहेको छ।
कहाँ छ हाटखोली ?
हाटखोलीमा गर्मी छल्न मात्र नभएर पिकनीक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न, मन्दिरमा दर्शन गर्न पनि मानिसहरु पुग्ने गर्छन्। अन्य दिनको तुलनामा शनिबार बढी मानिसको भीड लाग्ने गर्छ।
पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ।
गर्मीको समयमा त्यहाँ दैनिक जसो आन्तरिक पर्यटक जान्छन्। हाटखोलीको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइको केन्द्र हो।
प्राचीन कालदेखि नै गोठालाहरुले पुज्ने गरेको उक्त मन्दिरमा समेत दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको छ।
विशेष गरी माघ, फागुनतिर पुजालाग्ने भएकाले सो समयमा त्यहाँ धार्मिक पर्यटक बढी जाने गर्छन्। उक्त मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुँदै आएको छ।
हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करीब ७/८ किलोमिटरको दुरीमा पर्छ।