धनगढी : भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लामा श्रीमतीले श्रीमानको गुप्ताङ्ग काटिदिएकी छन्। सदर कोतवाली इलाकाको एक गाउँमा अप्राकृतिक यौनसम्बन्धबाट आक्रोशित श्रीमतीले ३५ वर्षीय श्रीमान् रामु निषादको गुप्ताङ्ग काटिदिएकी हुन्। श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन्। शुक्रबार राति घाइते रामुलाई परिवारका सदस्यले गम्भीर अवस्थामा जिल्ला अस्पतालमा पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई शनिबार कानपुर रिफर गरिएको थियो। परिवारका सदस्यले जाहेरी दिएपछि प्रहरीले उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको थियो। इमर्जेन्सीमा खटिएका डाक्टर एके सिंहले उनलाई रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेका थिए। डाक्टर एकेका अनुसार रामुले चिकित्सकलाई भ्रममा पार्दै चोटको गलत कारण बताएका थिए। रामुकी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। साेमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो।
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्। इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो, साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ’ उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाले…
काठमाडाैं : भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ। बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो। घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।
कञ्चनपुरः कञ्चनपुरमा शीतलहर प्रभावित समूदायहरूलाई कम्बल वितरण गरिएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले आईतबार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शीतलहरबाट प्रभावित समूदायहरूलाई कम्बल हस्तान्तरण गरेका हुन्। सेव द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले झलारीमा शीतलहरबाट अति प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन ५०० घरधुरीलाई कम्बल वितरण गरेको छ। कार्यक्रमअन्तर्गत शुल्काफाँटा नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा १५०० घरपरिवारहरूलाई दुई वटा कम्बलहरू वितरण गरिनेछ। परराष्ट्रमन्त्री एनपी साउदले शीतलहरबाट प्रभावित समूदायहरूमा रहेका बालबालिका, गर्भवती महिला तथा ज्येष्ठ नागरिकलगायतका अति प्रभावितहरूलाई यथाशीघ्र जाडोबाट जोगाउन कम्बल वितरण गरिएको बताए। यस्तो मानवीय कार्यमा सहयोग पुऱ्याउने सेभ द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण…
रुकुम पश्चिममा : रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। आइतबार साँझ बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्ले बताए। घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ। प्रहरीमाथि…
कञ्चनपुर : कञ्चनपुुरको बाणीबाट एकजना बालक बेपत्ता भएका छन्। धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकैछिनमा आउँछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन्। आइतबार दिउँसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन्। ओमप्रकाशकी आमा साबित्री जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताइन्। बाँणी प्रहरीले, दिउँसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सीसी क्यामेरामा देखिएको बताएको छ। उनको मोबाइल ट्र्याक गर्दा उनी आइतबार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन्। घरबाट महेन्द्रनगरसमेत नगएका ओमप्रकाश दोधाराचाँदनी पुुगेपछि आफन्तहरु चिन्तित बनेका छन् । ओमप्रकाश धनगढीको फाया नेपाल लाइनमा…
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ। अस्पताल निर्माणका लागि एमके वबिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ। सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ। पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए। इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ। ‘निर्माण व्यवसायीलाई कार्यप्रगतिका…
कञ्चनपुर : पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ। रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ। स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये १९९ मा वाहक (ट्रेट) देखा परेको थियो। ‘बाहक (ट्रेट) देखापरेका १९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ,’ भट्टले भने, ‘त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।’ उनका अनुसार वाहक…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ। ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन्। जसमा कैलालीको एमएस बेहेडाबाबा निर्माण सेवा पनि रहेको छ। कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । कालोसूचीमा परेकाहरु :