Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीबाट एक युवती सम्पर्कविहिन भएकी छन्। डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार धनगढीबाट सम्पर्कविहिन भएकी हुन्। यही मंसिर २१ गते माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन्। ती युवती बिगत ३ महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर गएको तर सोही मितिदेखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।

Read More

धनगढी: कैलालीमा ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिकाद्द५ स्थित खानिडाँडा बजारबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीय अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेका सापकोटासहित ८ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार ९९० सहित पक्राउ गरेको हो।

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीलाई हातपात गर्ने एक युवकलाई नियन्त्रणमा लिइएको छ। हिजो (शुक्रबार) बेलुका धनगढीका एक युवकलाई नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने अन्दाजी २४ वर्षीय हरि जोशीलाई प्रहरीमाथि हातपात गरेको आरोपमा समातिएको हो। मदिरा सेवन गरेर मोटरसाइकल चलाइरहेका जोशीको बसपार्क नजिक चेक पोइन्टमा चेकजाँच गर्दा विवाद भएको थियो। चेकजाँच गर्ने क्रममा जोशीले प्रहरी जवानलाई हातपात गरेको बताइएको छ। त्यसपछि उनलाई हिजै नियन्त्रणमा लिएर हिरासतमा लिइएको थियो।

Read More

काठमाडौं: नेपाल प्रहरीका २२९ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्। यही मंसिर १७ गतेको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा र पदस्थापन गरिएको हो। बढुवा भएका प्रहरी सहायक निरीक्षकलाई प्रचलित नियमानुसार हाल पदस्थापन रहेको दरबन्दीमै तलब, भत्ता पाउने गरी नयाँ जिम्मेवारी प्रदान गरिएको छ। प्रहरी हेडक्वार्टरले सम्बन्धित कार्यालयलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी दर्ज्यानी चिन्ह प्रदान गर्न पनि निर्देशन दिएको छ। जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा

Read More

धनगढीः कैलालीको मोहन्याल गाउँपालिका ३ का वडाध्यक्ष नन्दराम गिरीको निधन भएको छ। वडाध्यक्ष गिरीको क्यान्सरका कारण असामायिक निधन भएको उक्त गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए। गिरी डेढ वर्षदेखि क्यान्सरले ग्रसित रहेका थिए। आज (शुक्रवार) उनको उपचारको क्रममा दोदधारा अस्पतालमा निधन भएको हो।

Read More

काठमाडौं: नेपाली सेनाले आफ्ना केही जर्नेलको सरुवा गरेको छ। आइतबारदेखि चार जना उपरथीलाई रक्षा मन्त्रालयको पत्रानुसार तोकिएको कार्यालयको जिम्मेवारी सम्हाल्न भनिएको छ।  सरुवामा पश्चिम पृतना हेडक्वार्टरका उपरथी सन्तोषबल्लभ पौडेललाई नेपाली सैनिक वार कलेज,नगरकोटको शिक्षाधिकृत तोकिएको छ। त्यस्तै मध्य पश्चिम पृतना हेडक्वार्टरका उपरथी सुनिल श्रेष्ठलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरेर सहसंयोजकको जिम्मेवारी दिइएको छ। सोही सचिवालयका उपरथी मधुकरसिंह कार्कीलाई पश्चिम पृतना हेडक्वार्टर,पोखराको पृतनापति र सैनिक वार कलेजका उपरथी हरेन्द्र पाठकलाई मध्य पृतना हेडक्वार्टर,हेटौंडा मा पृतनापति खटाइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक प्रहरी उपरीक्षकबाट पदोन्नति भएका ५ जनालाई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आईजीपी वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा.केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन्। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। यस्तै उनीहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। यसैगरी समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य…

Read More

काठमाडौं: नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा गर्ने गृहकार्य थालिएको छ। नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल उमेर हदका कारण अवकाश हुन लागेका हुन्। केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्। एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश हुन लागेका हुन्। ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ। केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो। ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको आज विवाह हुँदैछ। प्रेमी सायुज्य श्रेष्ठसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।   गायिकासमेत रहेकी स्मिताले दुई साताअघि प्रेमी सार्वजनिक गर्दै नयाँ यात्रा शुभारम्भ गर्न लागेकी बताएकी थिइन्। विवाह समारोह गोकर्णेश्वरस्थित तीन तारे ग्राण्ड नर्लिङ होटल एण्ड रिसोर्टमा हुनेछ। समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी हुन लागेको बुझिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधीमा भ्रष्टाचार सम्बन्धी तीन सय ३५ उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि मंसिर २० गतेसम्म तीन सय ३५ उजुरी परेका हुन्। कार्यालयकाअनुसार साउनमा सबैभन्दा धेरै ११४, भदौमा ८३, असोजमा ५१, कार्तिकमा ५९ र मंसिरको २० दिनमा २८ उजुरी परेका छन्। विभिन्न माध्यमबाट प्राप्त ती उजुरीमाथि अख्तियारको महेन्द्रनगर कार्यालयले जाँचबुझ भइरहेको जनाएको छ।

Read More