काठमाडौं: नेपाली सेनाले आफ्ना केही जर्नेलको सरुवा गरेको छ। आइतबारदेखि चार जना उपरथीलाई रक्षा मन्त्रालयको पत्रानुसार तोकिएको कार्यालयको जिम्मेवारी सम्हाल्न भनिएको छ।
सरुवामा पश्चिम पृतना हेडक्वार्टरका उपरथी सन्तोषबल्लभ पौडेललाई नेपाली सैनिक वार कलेज,नगरकोटको शिक्षाधिकृत तोकिएको छ। त्यस्तै मध्य पश्चिम पृतना हेडक्वार्टरका उपरथी सुनिल श्रेष्ठलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरेर सहसंयोजकको जिम्मेवारी दिइएको छ।
सोही सचिवालयका उपरथी मधुकरसिंह कार्कीलाई पश्चिम पृतना हेडक्वार्टर,पोखराको पृतनापति र सैनिक वार कलेजका उपरथी हरेन्द्र पाठकलाई मध्य पृतना हेडक्वार्टर,हेटौंडा मा पृतनापति खटाइएको छ।
Facebook Comments Box