Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी विरसिंह शाहूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले न.४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो। शाहूमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ। प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो। शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अवैध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ। उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ। अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म…

Read More

काठमाडौँ : तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो। उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन। अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उक्त बसका यात्रुहरू भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ। उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उनीहरू भदौ ५ (बुधबार) पोखरा आएका थिए। पोखरस्थित उक्त होटलमा थप विवरण…

Read More

काठमाडौँ : तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।

Read More

धनगढी : धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । शिवनगरमा रहेको प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा सोमबार राति २१ वर्षीय राहुल चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ३ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित बरामद गरेको छ । चौधरीसंगै मोटरसाइकल पछाडि सवार २१ वर्षीय मुकेश रानाले आफ्नो खल्तीबाट खैरो हेरोइनको पोका फालेर परार भएका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ८ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज नौं वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन सो घटना भएको थियो । उक्त घटनामा मुख्य दोषी रेशमलाल चौधरी भएको अदालतले ठहर गरेको थियो । उनलाई जन्म कैदको सजाय पनि सुनाइएको थियो । तर उनी अहिले राष्ट्रिपतिबाट आममाफी पाएर रिहा भइसकेका छन् । सो अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलालले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज सम्पुर्ण टीकापुर बासिका लागि कालो…

Read More

काठमाडौं : तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् । सो…

Read More

धनगढी: भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ। बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो,’ जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने। सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको थियो।…

Read More

काठमाडौँ: नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि दरखास्त आव्हान गरिएको छ। खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो। भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ। आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने छ।

Read More

धनगढी: कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्री पास गरेका छन्। नेपालमा यो स्तरबाट रेफ्री पास गर्ने निकै थोरै रहेका छन्। एसियन कराँते महासङ्घ को आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र प्रयोगात्मक परीक्षा पास गरेर  रेफ्री पासको लाइसेन्स पाएका हुन्। ३२ देशमा २०० बढि रेफ्रीहरुले सहभागिता जनाउँदा चन्दसहित ९७ जना मात्रै उत्तीर्ण भएका थिए। नेपाल कराँते महासङ्घ राष्ट्रिय रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी, उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन्। उनी …

Read More

धनगढी: डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट खडक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा देउवासहित ६ जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई नगद १२ हजार ३५५ र १६० पत्ता ताससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस्तै बैतडीबाट ५ जना जुवाडे पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। पाँचै जनालाई नगद ६२…

Read More